सूर्यमा हुने गतिविधिका कारण धर्तीमा बिजुली चम्किने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार ०७:४३

(एजेन्सी)– एक नयाँ अध्ययनका अनुसार सूर्यमा हुने गतिविधिका कारण धर्तीमा बिजुली चम्किने बताइएको छ । तीव्र गतिको सौर्य किरणको वायु जब वायुमंडलमा प्रवेश गर्दछ तब बिजुली बोल्टको संख्यामा वृद्धि हुने वैज्ञानिकहरुले उक्त अध्ययनमा पत्ता लगाएका छन् । यो शोध इन्भारोमेन्टल रिसर्च लेटर्स नामको जर्नलमा प्रकाशित भएको कछ । अब सूर्यमा हुने गतिविधिहरुलाई स्याटालाइटले राम्रो तरिकाले याद राख्न सक्दछ जसले गर्दा सूर्यका कणहरुको खतरनाक आँधी धर्तीको वायुमण्डलमा ठोक्किने पूर्वानुमान लगाउन सकिनेछ । युनिभर्सिटी अफ रिडिङका प्रमुख शोधकर्ता डा. क्रिस स्कटले भने, ‘बिजुली निकै खतरनाक हुन्छ । प्रत्येक वर्ष २४ हजार मानिसहरु बिजुलीको आघातबाट मर्ने गर्दछन् । त्यसकारण सौर्य कणहरुको आँधीले हुने हानिको बारेमा पूर्व चेतावनी मानिसहरुका लागि निकै उपयोगी साबित हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१