लमजुङ केन्द्रविन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७२, आईतवार १४:५७

bukampaकाठमाडौं,१७ जेठ । गत बैशाख १२ गते गएको शक्तिशाली भूकम्प पछि पराकम्पन जाने क्रम अझै रोकिएको छैन । आइतबार दिउँसो १ बजेर ५४ मिनेटमा लमजुङ केन्द्रविन्दु भएको ४.२ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शनिबार राति १० बजेर १३ मिनेटमा ४.५ रेक्टरस्केलको पराकम्प गएको थियो । ठूलो भूकम्प पनि साना पराकम्पन महिनौं सम्म पनि आइरहने भन्दै यसबाट नअत्तालिन भूगर्भविद्हरुले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१