नेत्रहिनहरुका लागि ‘ओनफोन’ नामक एक कम्पनीले संसारको पहिलो ब्रेल फोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार ०७:४०

(एजेन्सी)– नेत्रहिनहरुका लागि ‘ओनफोन’ नामक एक कम्पनीले संसारको पहिलो ब्रेल फोन बनाएको छ । यो थ्रिडी प्रिन्ट ब्रेल फोन कम्पनीको वेभसाइटमा बिक्रिको लागि राखिएको छ । यो फोन सन् २०१२ मा कम्पनीद्वारा लञ्च गरिएको ओनफोन डिभाइसजस्तै हो । त्यसपछि कम्पनीले बच्चाहरुका लागि फस्टफोन नामको डिभाइस लञ्च गरेको थियो । थ्रिडी ब्रेल फोनको केहि पार्टपूर्जामा थ्रीडि प्रिन्ट गरिएको छ र यो दुई विकल्पमा उपलब्ध छ । यसमा ती व्यक्तिहरुका लागि पनि बिकल्प राखिएको छ जसलाई ब्रेल पढ्न आउँदैन । यो फोनमा बटन इन्टरफेस पनि दिइएको छ । यो ग्याजेटबाट केहि सजिला कामहरु पनि गर्न सकिनेछ । यो फोन फोटोले भरिएको छ र यसमा स्क्रिन हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१