भारतलाई चीनको चेतावनी,’स्विकृती बिना आयल वा ग्यास नखोज’ : चीन सरकार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७२, आईतवार १४:४७

भारत,१७ जेठ । डिफेन्स एण्ड आयल एक्प्लोरेशनको क्षेत्रमा भारत र भियतनामबीच बढिरहेको सम्बन्धप्रति चीनले चासो देखाएको छ । यस सम्बन्धप्रति संशकित भएको चीनले भारतलाई दक्षिण चीन दागरमा चीनको स्विकृती बिना आयल वा ग्यास नखोज्न चेतावनी दिएको छ । भारतीय कम्पनी ओएनजीसी विदेश लिमिटेडले यस क्षेत्रमा आयल र ग्यास एक्स्प्लोरेशनको काम गरिरहेको च ।

chinचीनको विदेश मन्त्रालयको एक उच्च अधिकारीले आयल वा ग्यास एक्स्प्लोरेशनसँग जोडिएको कुनै पनि काम सुरू गर्नुभन्दा पहिले चीनसँग अनुमति लिनु पर्ने जिकिर गरेका छन् । अधिकारीका अनुसार विवादित क्षेत्रमा फाइटल सेटलमेन्ट हुनुभन्दा अगाडि चीन त्यहाँ संयुक्त विकासको नीतिलाई अगाडि बढाउने तयारीमा रहेको छ । चीन दक्षिण चीन सागरको ८० प्रतिशत क्षेत्र आफ्नो भएको दावी गर्दै आएको छ । यस क्षेत्रमा धेरै पाकृतिक खनिज पदार्थ रहेको बताइएको छ । यस्तै, चीन र अमेरिकाबीच पनि दक्षिणी चीन सागरको विषयलाई लिएर विवाद चर्किरहेको छ । चीन यस क्षेत्रमा एक कृत्रिम द्धीप बनाइरहेको छ साथै त्यहाँ हतियार पनि राखेको छ । अमेरिकाको सुरक्षा सचिव एश्टन कार्टरले पनि शूक्रबार चेतावनी दिँदै दक्षिण चीन सागरमा चीनको गतिविधीहरूले दुवै देशबीच संघर्ष बढ्ने खतरा रहेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१