जनताले सरकारलाई पत्याउदैंनन् : मोहन कटुवाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७२, आईतवार १३:३८

विनाशकारी भूकम्प गएको १ महिना वितिसक्दा पनि भूकम्पको धक्का अझै पनि रोकिन सकेको छैन् । भूकम्कै कारण घर राम्रो हुनेहरु घरमा बस्न सकेका छैंनन् भने भूकम्पको त्रासले अझै पनि जनजिवन सामान्यतर्फ फर्कन सकिरहेको छैन । बैशाख १२ गतेको भूकम्पले दर्गम जिल्लाहरु देखी सुगम जिल्लाहरुमा पनि धेरै क्षती पुगेकोे छ । कयौंको मृत्यु भएको छ,कयौं घाईते भएका छन् भने कयौंको बस्ने बास समेत पनि छैंन । सरकारले भूकम्पपीडितका लागी गाँस,बास र कपासको पनि व्यबस्था नगरिरहेको अबस्थामा लामो समयदेखी व्यापार व्यवसायमा सक्रियता राख्दैं आउनुभएका ग्रिल तथा स्टील व्यवसायी महासंघका अध्यक्ष एवं कटुवाल ग्रिल उद्योगका अध्यक्ष मोहन कटुवालसँग हाम्रा सहकर्मी मनिष दाहालले गर्नुभएको कुराकानी :

मोहन कटुवाल,अध्यक्ष -ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपाल

१.हाल तपाईको संस्था ग्रिल तथा स्टील व्यवसायी महासंघले नेपालका भूकम्पपीडितका लागी के कस्ता कामहरु गरिरहेको छ ?
अरु धेरै संस्थाहरुले राहत वितरण गरिरहेको अवस्थामा हामीले पनि केहि गर्नुपर्छ भन्ने लागेर हामीले महासंघका सदस्यहरु विच छफफल ग¥यौं । तर हाम्रो आफ्ना साथीहरुनै भूकम्पपीडित भएका कारण हाल संस्थाले काम गर्न सकिरहेको छैंन तर मेरो कटुवाल ग्रिल उद्योगले चाहि भूकम्पपीडितका लागी ३० हजारमा अस्थायी टहरा निर्माण गरिरहेको छ । १०० जनालाई लक्षित गरेर हामीले हाल ३० हजारमा जस्तापाताले बनेको अस्थायी घर निर्माण गर्दै छौं तर त्यसको लागत ५० हजार देखी ६० हजारसम्म पर्छ तर म आफुले घाटा खाएर भएपनि ३० हजारमा घर बनाइने काम गरिरहेको छु ।

२.अहिले तपाईको उद्योग कटुवाल ग्रिल उद्योगले कुन कुन ठाउँहरुमा अस्थायी टहरा निर्माण गर्ने काम गरिरहेको छ ?
अहिले करिब करिब म सँग डेढसय भन्दा बढि टहराको अडर भइसकेको छ । र हालसम्म हामीले ३० वटा भन्दा बढि अस्थायी टहरा फिट गरिसक्यौं र हामीले प्रत्यक दिन फिट गरिरहेका छौं । हिजो मात्र हामीले दोलालघाट भन्दा ७ किलोमिटर माथिको गाउँमा पनि यो अस्थायी टहरा फिट गरौं । त्यस्तैं हामीले रामेछाप,काभ्रे, भक्तपुरको नगरकोट, ललितपुरको गोदावारी, काठमाडौंको गोलदुंगा, धादिंग लगायतका स्थानमा हामीले यो जस्तापाताले बनेको ३० हजारमा निर्माण हुने अस्थायी टहरा निर्माण गरिसकेका छौं र अझै हाम्रा साथीहरु यो कार्यमा निरन्तर खटिरहनु भएको छ ।

mohan katuwal३.तपाईहरु गाउँ गाउँमा गएर अस्थायी टहराहरु निर्माण गरिरहनु भएको छ । जहाँ जहाँ तपाईहरु पुग्नुभएको छ त्यहाँको अवस्था कस्तो छ ?
हामी पुगेको ठाउँमा गएर हेर्ने हो भने साच्चै काहाली लाग्दो अवस्था छ । काँही ओत लाग्ने ठाउँ छैन,भएका घरहरु बस्न लायक छैनन् त्यसैले पनि हामी पुगेका ठाउँका बासिन्दाहरुको अवस्था अतिनै दयनिय छ । र हामीले देखेको अनुसार सरकारले राहतमा भन्दा पनि बढि उद्धारमा सक्रियता जनाएको देखियो तर सरकारले राहत वितरण कार्यलाई पनि प्राथमिकतामा राख्नु पर्छ ।

४.भूकम्पपीडितका लागी अहिले महत्वपूर्ण चाहि के छ र के उपलब्ध गराउन अतिनै आवश्यक छ ?
अहिले हामी गाउँमा जादाँ भूकम्पपीडितहरुले खोजेको भनेको चाहि घरनै हो । उनीहरु बरु खानाका लागी जसो तसो गरि बस्छौं भन्छन् तर घर चाहि अतिनै आवश्यक रहेको बताएका छन् । र बस्नका लागी उहाँहरुले माग्ने भएको त्रिपालनै हो तर त्रिपालले बर्षयाम थेग्न सक्दैंन त्यसैले सरकारले हाल तुरुन्त त्यस्ता बस्तीहरुमा अस्थायी टहरा निर्माण गर्नुपर्छ ।

५.सरकार प्रति चाहि उनीहरुको गुनासो के छ ?
पहिला पहिला जादाँ चाहि सरकारले केहि पनि गरेन भन्ने गुनासो थियो । र अहिले आएर चाहि सरकारले राहतमा भन्दा पनि बढि उद्धारमा जोड दिएको छ । उनीहरु सधै बस्नका लागी बास मागिरहेका छन् र एकमुठी खानका लागी राहत कुरीरहेका छन् र उनीहरुको गुनासो सरकार प्रति राहत र बासको मात्र छ ।

६.तपाई जसरी सय वटा अस्थायी घर बनाउने भनेर लाग्नु भएको अब त्यसलाई बढाउनुहुन्छ की सय वटामा नै थाती राख्नुहुन्छ ?

मलाई कस्तो समस्या छ भने मैले ३० हजारमा त अस्थायी टहरा बनाउने तर मेरो त्यसको लागतसम्म पनि उठ्दैंन । त्यो त मैले केहि गर्नुपर्छ यो अवस्थामा भनेर मात्र गरेका हुँ । तर अहिलेको समस्या भनेको कामदार छैनन्,प्रयाप्त मात्रमा साधन स्रोत पनि छैनन्,त्यसैले अहिले हामीलाई यि समस्याले निकै सताएको छ । तर हामीले काम रोकेका छैनौं । यदि यि कुरा उपलब्ध हुने हो भने सय भन्दा पनि बढि अस्थायी टहरा बनाउन सकिन्छ तर मैले अरु केहि थप टहरा निर्माण गर्ने सोच पनि बनाएको छु ।

७.अब तपाईको संस्था ग्रिल तथा स्टील व्यवसायी महासंघ र तपाई स्वयमले भूकम्पपीडितका लागी के गर्ने योजना अगाडी सार्नुभएको छ ?
अहिले सरकार प्रति जनताको विश्वास कम हुदैं गएको छ त्यो चाहे राहत वितरण देखी होस् अथवा अन्य कामकै कारण पनि जनताले सरकारलाई समेत पत्याउन छोडिसकेका छन् । यो निकै दुखत कुरा हो किनकी एउटा राज्यमा बसेपछि जनताले सरकारलाई नपत्याउनु भनेको निकै लज्जास्पद कुरा हो । अब सरकार राहत विरण गर्ने कुरामा होस् अथवा अन्य कुराहरुमा जनतालाई विश्वास दिलाउने काममा सरकार गम्भिर हुनुपर्छ । र हामी व्यवसाथी पनि जो जहाँ छौं जसले जे जति सक्छौं त्यो गरौं । र मेरो उद्योग कटुवाल ग्रिल उद्योगले पनि भूकम्पपीडितका लागी अस्थायी टहरा निर्माण गर्दै छ र त्यसलाई बढाउने प्रयास गर्ने छौं ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१