काठमाडौं, १७ जेठ । प्रमुख दलहरुले संविधानका अन्तरवस्तुमा यही जेठ गतेभित्र सहमति जुटाउने निर्णय गरेका छन् । संविधानका अन्तरवस्तु र सहमतिय सरकारका बिषयमा सहमति जुटाउन भन्दै आईतबार बालुवाटारमा बसेको शीर्ष बैठकले यस्तो निर्णय गरेको हो । अर्को बैठक भोलि पुनः बस्नेछ । सत्तारुढ नेकपा एमाले प्रतिपक्षी दलहरुले राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गर्नुपर्ने बताइरहेका बेला काँग्रेस भने सरकार परिवर्तन गर्नु अघि संविधान जारी गर्नु पर्ने पक्षमा छ । प्रधानमन्त्री सुशील कोइरालाले फास्ट ट्रयाकबाट संविधान जारी गर्नुपर्ने भन्दै त्यसको १५ दिनभित्र आफूले राजीनामा दिने बताएका छन् । यद्यपी एमाले भने तत्काल सरकार परिवर्तन गर्नु पर्ने पक्षमा छ ।
‘संविधानसभाको बैठक सूचना टाँसेर २० गतेसम्म स्थगित गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एमाओवादी महासचिव कृष्णबहादुर महराले भने, ‘संविधान र राष्ट्रिय सरकार दुईवटै विषयमा एक-दुई दिन भित्रै प्याकेजमा टुंगो लगाउने जिम्मेवारी चार दलका शीर्ष नेतालाई दिइएको छ ।’ संविधानका अन्तरवस्तु र सरकारको स्वरुपबारे सुक्षम छलफल नभएको भन्दै महराले यसबारे सुशील कोइराला, केपी ओली, प्रचण्ड र विजय गच्छदारसमेत चार नेताले टुंगो लगाउने बताए ।
प्रतिक्रिया