एन.आर.एन अमेरिकाको नयाँ कार्य समितिको काम सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७२, आईतवार ११:१९

अमेरिका,१७ जेठ । एन.आर.एन अमेरिकाको नयाँ कार्य समितिले घोषणा पत्रमा उल्लेख गरेका वुंदाहरु अनुसार आफ्नो काम सुरु गरेको छ। केहि दिन अगाडी मात्र शपथ ग्रहण गरेका नयाँ कार्यसमितिका सदस्यहरुले अब आफुले चुनावी मैदानमा उत्रिदा सार्वजनिक गरेका वुंदाहरुलाई कार्यन्वयन गर्ने बताइएको छ । एनआरएन अमेरिकालाई कसरि सम्पूर्ण आप्रवासीको हक़ हित र सुरक्षामा समाहित गराई अध्यक्ष डा केशव पौडेलले घोषणा पत्रमा उल्लेख गरेका वुंदाहरुका अलवा अरु थप वुँदाहरू भएमा संकलन गर्ने उद्देश्यले नीति तथा कार्यक्रमको मस्यौदा तयारि तथा संकलन गर्ने कार्य भइरहेको छ ।

nrnहालै सम्पन्न निर्वाचनमा आप्रवासी नेपालीले प्रकट गरेको अभिमत एवं एेक्यबद्धता मार्फत आगामी दुई वर्षें कार्यकालको लागि दिइएको गहन जिम्मेवारीलाई आत्मसात गर्दै नव निर्वाचित कार्यसमितिलाई अझ सक्षम तथा सबल बनाउने हिसावले सुझाव संकलन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । उक्त सुझाव संकलनमा सुझाव पठाई सहयोग गरिदिने सवै महानुभावलाई कमिटीले तर्फबाट धन्यवाद प्रकट गर्ने र थप सुझावको लागि में ३१, २०१५ सम्मको समय बढाइएको एनआरएन अमेरिकाका मिडिया संयोजक सर्बज्ञ वाग्लेले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१