सिरियामा वम आक्रमण हुदाँ ७२ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७२, आईतवार १०:३५

एजेन्सी । सिरियाको उत्तरी एलप्पो शहरमा सरकारी सेनाले गराएको बम विस्फोटमा परी ७२ जनाको मृत्यु भएको छ । ६० जनाको अल्बाब शहरमा र अन्य १२ जना शहरका विभिन्न स्थानमा मारिएका छन् । बम सरकारी सेनाको हेलिकप्टरबाट इस्लामिक विद्रोही समुह आइएस को कब्जामा रहेको क्षेत्रमा खसालिएको बेलायतको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । मृत्यु भएकामा अधिकांश पुरुष रहेका छन ।

siriyaसिरियाको सरकारद्धारा गराइएको यो घटना अहिले सम्मकै ठूलो भएको मानवअधिकारवादी संस्थाले जनाएको छ । एलप्पो सहरको आधा हिस्सा सरकार र बाकी आइएसको कब्जामा रहेको छ । सो क्षेत्रमा सन् २०१२ यता बम आक्रमणमा परी ३ हजार १ सय २४ सर्वसाधारण र ३५ जना विद्रोही मारिएको एमनेष्टी इन्टरनेशनलले जनाएको छ । त्यस्तै ३ वटा विद्यालय, १७ वटा अस्पताल र २३ वटा मस्जिद पूर्ण रुपमा ध्वस्त भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१