विद्यालयहरु आजबाट सञ्चालनमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७२, आईतवार १०:१२

schoolकाठमाडौं,१७ जेठ । भूकम्पका कारण बन्द भएका विद्यालयहरु आजबाट सञ्चालनमा आएको छ । बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण पठनपाठन ठप्प छ । विद्यालय सञ्चालमा ल्याइए पनि अधिकांश विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्यून छ । जिल्लाको दक्षिण भेगका अधिकांश दुर्गम पहाडी गाविसमा पढाइ सुचारु हुने सुरसार छैन । भट्टेडाँडा, चन्दनपुर, माल्टा, घुसेललगायत १९ दुर्गम गाविसका अधिकांश माटाढुंगाका विद्यालय भवन मर्मत हुन सकेका छैनन् । तिनमा अस्थायी टहरा बनाउने क्रम जारी छ । शिक्षा कार्यालयबाट खटिएको प्राविधिक टोलीले जिल्लाका ३ सय ३९ वटा सामुदायिक विद्यालयलाई रातो स्टिकर दिएको छ । निजीतर्फ २ सय ७० मध्ये आधाजसोको जाँच गर्नै बाँकी रहेको शिक्षा अधिकारी शिवकुमार सापकोटाले जनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१