वडा नम्बर ४ ले हात पार्यो उपाधि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७२, आईतवार १०:०७

विर्तामोड,१७ जेठ । झापाको दुहागढीमा सञ्चालित वडास्तरीय फुटवल प्रतियोगिााको उपािध वडा नम्बर ४ ले हात पारेको छ । वडा नम्बर ४ र ५ बीच सम्पन्न खेलमा वडा नम्बर ४ ले ५-३ गो अन्तरले वडा नम्बर ५ लाई हराएर उपाधि चुम्न सफल भएको हो । खेलको निर्धारित समयमा दुवै टीमले १-१ गो गरेर वराबरी भएपछि खेल ट्राइब्रेकरमा प्रवेश गरेको थियो । ट्रइव्रेकरमा वडा नम्बर ५ का खेलाडीले दुई वटा गोल असफ भएपछि ४ ले उपाधि जीतेको हो । जीतसंगै विजेता टीमले २१ हजार नगद, सिल्ड ट्रफिद्धारा प्रमुख

gameअतिथि खेलकुद विकास समिति झापाका अध्यक्ष राजु आर्चाय (अग्नि) ले र नरेन्द्र मेचेले सामूहिक रुपमा पुरस्कृत गर्नुभएको थियो । उपविजेता टीम वडा नम्बर ४ लाई २१,००० नगद, ट्रफि र प्रमाणपत्र तथा तेश्रो वडा नम्बर ९ लाई ५ हजार नगद, र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको हो । प्रथम पुरस्कार दुहागढी ६ का समाजसेवी नरेन्द्र मेचेले उपब्लध गरेका थिए भने तेश्रो पुरस्कार दुहागढी ९ का मनोज भट्टराईले उपलब्ध गराएका थिए । जेठ ६ गतेदेखि सुरु भएको दुहागढी वडास्तीय फुटवल प्रतियोगिातामा बेस्ट अफ द टुनामेन्ट वडा नम्बर ४ का किप्पर र वडा नम्बर ५ का गोल किप्पर घोषित भए ।
दुहागढी–९ का कृष्ण थापा अनुसाशित खेलाडी घोषित भएका थिए । त्यसैगरी टुनामेन्ट आफ गोलरका रुपमा रोशन थापालाई र गोल स्कोलरको रुपमा अभिषेक प्रसाई घोषित भएका थिए । कृष्ण थापाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि खेलकुद विकास मितिका अध्यक्ष राजु आचार्य
(अग्नि), दुहागढी गाविसका सचिव कविन्द्रविक्रम नेम्बाङ, महिला सञ्जाल छाता संगठनकी अध्यक्ष कला केसी, सन्तोष न्यौपानेलगायतले सम्बोधन गरेका थिए । नौ वटा फुटवल टीमको सहभागीता रहेपनि गत १० गत वडा नम्बर ८ र ६ बीच सम्पन्न खेलपछि दुवै टीमले एकअर्कामा प्रोस्टेक्स हालेपछि समितिलाई प्रमाणपत्र देखाउन नसक्दा उक्त खेल रद्द गरिएको थियो । उक्त खेल रद्द गरिएपछि वडा नम्बर ४ सोझै फइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१