रोबोटले पकाउँछ खाना, औँठीले देखाउँछ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७२, आईतवार ०५:४८
 नाच्ने रोबोट, तपाइँको संवेदना पढ्न सक्ने थ्री डी चस्मा, फेसबुक लाइक देखाइदिने औँठी तथा सबै प्रकारका परिकार पकाउने रोबोट आदि । अमेरिकाको लस भेगास भन्दा बाहिर पहिलोपटक चीनको सांघाइमा आयोजना भैरहेको कन्जुमर इलेक्ट्रोनिक्स शो अन्तरगत एसिया संस्करणको दोश्रो दिन केही स-साना आश्चर्यहरु देखिए ।
बेइजिङको कम्पनी जी वियरबेलले वायरलेस इयरप्याड गो गो को प्रदर्शन गर्यो, जुन तपाइँको कानमा फिट हुन्छ । चार गिगाबाइट स्टोरेजमा तपाइँ संगीत सुन्न मात्र होइन तपाइँ हिड्ने दुरी, समय तथा गति सम्बन्धि सबै तथ्यांक उपलब्ध गराउनेछ एउटा फिटनेस ब्याण्डले जस्तै । यसले कानभित्रै तपाइँलाई भ्वाइस कोचिङ समेत प्रदान गर्नेछ । यसलाई चार्ज गर्न पनि सजिलो छ ।
पौडीबाजहरुका लागि पनि छुट्टै खालका इयरप्याड निर्माण भएका छन् । टम टम तथा जबोन कम्पनीले पनि आफ्ना नयाँ उत्पादन प्रदर्शन गरे र ती मध्ये इमोसन एनालाइजर महत्वपूर्ण थियो । यो हेडब्याण्डले मानिसको संवेग पत्ता लगाउन सक्छ । भिडू नामक कम्पनीले मानिसको आसनलाई सपोर्ट गर्ने अनौठो डिभाइस बनाएको छ । यसको माध्यमबाट तपाइँले आफ्नो ल्यापटपको किबोर्डमा हात दौडाइरहनु पर्दैन हावामै हात फैलाएर कमाण्ड दिन सक्नुहुन्छ । गेमिङका शौखिनहरुका लागि यो डिभाइस निकै रोजाइमा पर्ने देखिन्छ । क्यालिफोर्नियाको कम्पनी मोटाले स्मार्ट औँठी तयार गरेको छ ।
 चीनमा बनिरहेको यो औँठी छिटै बजारमा आउने बताइएको छ । यो स्मार्ट औँठीलाई फोनसँग कनेक्ट गरेर सबै प्रकारका नोटिफिकेसन प्राप्त गर्न सकिन्छ । फोनकल, मेसेज, टि्वटर तथा फेसबुक नोटिफिकेसन आउँदा यो औँठी भाइब्रेट गर्दछ । साथै यसमा सानो स्त्रिmन पनि हुनेछ जसले नोटिफिकेसन देखाउनेछ । रोबोटप्रतिको चीनको रुची कन्जुमर इलेक्ट्रोनिक्स शो मा प्रष्टै देखियो । कैयौँ रोबोटिक्स कम्पनीहरुले अनेकथरि रोबोटहरु पेश गरे । टुलिंग १२३ नामको कम्पनीले टर्निङ रोबोट पेश गर्यो जसले सबैभन्दा धेरै प्रसंसक बटुल्यो ।
यसले मानिसको आवाज सुनेर कुरा गर्न सक्छ र अह्राएको खण्डमा नाच पनि देखाइदिन्छ । बेलायती कम्पनी मली रोबोटिक्सले रोबोटिक किचेन शो प्रस्तुत गर्यो । जसमा रोबोटले सबै प्रकारका खाना बनाउँछ । आगामी दुइ वर्षभित्रमा यो बजारमा आउनेछ । रोबोटको पाक कला हेर्नका लागि सयौँ मानिसको भिड जम्मा भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१