काठमाडौं,१६ जेठ । वैशाख १२ र २९ को महाभूकम्पपछि घाइतेको उपचारमा रगत अभाव हुन नदिन मातृभूमिका लागि युवा अभियानले रक्तदान कार्यक्रम गरेको छ ।
महाभूकम्पपछि घाइते भएका अधिकांशको उपचार काठमाडौंमा भइरहेको तर काठामाडौंका मानिस उपत्यकाबाहिर गएपछि मातृभूमिका लागि युवा अभियानले काठमाडौंको भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गरेको हो ।
मातृभूमिका लागि युवा अभियानको जिल्ला शाखा भक्तपुरले काठमाडौंको भृकुटीमण्डपमा गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।
मातृभूमिका लागि युवा अभियानका केन्द्रीय अध्यक्ष सुनिल खड्काले ले घाइतेको उपचार क्रममा र अन्य बिरामीलाई चाहिने रगत अभाव नहोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए ।
प्रतिक्रिया