काठमाडौँ १६ जेठ -राप्रपा नेपालको धर्म संस्कृति तथा समन्वय विभागले पशुपतिको बनकाली क्षेत्रमा ‘महाभूकम्प शान्ति यज्ञ’ गर्ने भएको छ । २०७२ साल बैशाख १२ गतेको महा भूकम्प र त्यसले परेको प्रभावको कल्याणयार्थ शान्ति यज्ञको आयोजना गरिएको हो ।
यज्ञमा १०८ ब्राह्मणहरुद्वारा श्रीमद भागवत पाठ , वेद पाठ ,लघुरुद्री ,चण्डी पाठ ,नव ग्रह पुजन ,सवा लाख मृत्युन्जय मन्त्र जप ,पौने ३ करोड दिप प्रज्ज्वलन तथा हवन गरि दिवंगत आत्माको मोक्ष प्राप्ति तथा घाइतेहरुको सिघ्र कामना प्राथना गरिने राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले बताउनुभयो।
महा यज्ञ जेठ १७ गते आइतबार बिहान ८ बजे बाट शुभारम्भ हुने छ ।
प्रतिक्रिया