एजेन्सी । विवादकाबीच विश्व फुटवलको सर्वोच्च निकाय फिफामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । स्वीजरल्याण्डको जुरिचमा हुने निर्वाचनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष सेप ब्लाटर र जोर्डनका राजकुमार अलि बिन अल–हसनवीच प्रतिस्पर्धा हुँदैछ । फिफाका पदाधिकारी भ्रष्टाचार मुद्धामा पक्राउ परेसँगै यो बर्षको निर्वाचन विवादास्पद बन्न पुगेको छ । अध्यक्ष ब्लाटरले उद्घाटन सत्रलाई सम्वोधन गर्दै केही व्यक्तिले गरेको भ्रष्टाचारलाई लिएर समग्र संस्थाको छविमाथि प्रश्न उठाउन नमिल्ने बताएका छन् । यता, युरोपेली फुटवल संघ युफाले भने निर्वाचन नलड्न ब्लाटरलाई आग्रह गरेको छ । २०९ देशका प्रतिनिधिले मतदानमा भाग लिनेछन् । दुई तिहाई मत प्राप्त नभएमा अर्को चरणमा बहुमतबाट भएपनि अध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।
प्रतिक्रिया