दाताको सम्मेलनले नेपालको छविमा आँच आउँछ : दिपेन्द्र बहादुर क्षेत्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७२, शुक्रबार १४:५१

काठमाडौं,१५ जेठ । महाभूकम्पका कारणले तहनहस भएको नेपालको अर्थतन्त्रलाई माथि उकास्न सरकारले दिर्घकालिन र अल्पकालिन योजनाहरु ल्याउनु पर्नेमा अर्थविदहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को तेस्रो महासभालाई सम्बोधन गर्ने क्रममा अर्थविद् डा. विश्वम्भर प्याकुरेलले सरकारले हाल ल्याइरहेको योजनाहरु क्षणीक तथा टालटुले भएको बताउदैं यस्ता योजनाहरु आर्थिक विकासमा दिगो नहुने धारणा व्यक्त गर्नुभएको छ । अल्पकालिक योजना तत्काल सम्बोधन गर्न सरकार चुकेको बताउदैँ उहाँले सरकारले भूकम्पको क्षतिको वास्तविक तथ्याङ्क संकलन गर्न समेत नसकेको आरोप लगाउनु भएको छ । सोही कार्यक्रममा योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले सरकारले गर्न लागेको दाताको सम्मेलनले नेपालको छविमा आँच आउने भन्दै दाताहरुलाई नेपाल भनेको सधँै माग्ने देशका रुपमा चित्रित नगराउन आग्रह गर्नु भयो ।

dipendra-bhdr-chetriसोही कार्यक्रममा अर्का अर्थविद् डा. दिल्लीराज खनालले नेपालको अर्थतन्त्रलाई राजनीतिक दलहरुले घिसार्दै ल्याइरहेकाले भूकम्पपछिको अर्थतन्त्र कसरी लैजाने भन्ने विषयमा सरकार र राजनीतिक दलहरु अमलिरहेको आरोप लाउनु भएको छ । कार्यक्रमा नेपाल आर्थिक पत्रकार संघ नाफिजका पूर्व अध्यक्षले पनि आफ्नो धारणा राख्दै नेपालमा अब पूर्वधारका क्षेत्रमा विदेशी लगानीकर्ताहरु भित्राएको खण्डमा मात्र नेपाल पुनः निर्माण हुन सक्ने धारणा व्यक्त गर्नु भएको थियो ।
नाफिजको तेस्रो महासभाबाट अध्यक्षमा प्रकाशचन्द्र सापकोटा उपाध्यक्ष राजाराम कार्की,किरण मरहठ्ठा महासचिवमा ईन्द्र बाँनिया सचिवमा अमृत राज काफ्ले सहसचिवमा चन्दा कार्की कोषाध्यक्षमा महेश घिमिरे सदस्यहरुमा कृष्ण किसी,माधव निर्दोष,अनिता आचार्य,सिताराम भटट्राई,नारायण पंगेनी, मेनुका कार्की,ज्ञान प्रसाद बास्तोला,सुमन शर्मा,अर्जुन पन्त,फणिन्द्र दाहाल र सृजना तिमिल्सिना को १९ सदस्यीय कार्य समिति चयन भएको नाफिजले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१