काठमाडौं,१५ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पाइला राखेको ६२ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ का दिन पहिलोपल्ट सगरमाथाको सफल आरोहण गरेर उनीहरुले विश्व रेकर्ड कायम गरेका थिए । सगरमाथामा पहिलोपटक मानवपाइला टेकिएको दिन भएपनि शुक्रबार आरोहणसम्बन्धी कुनै कार्यक्रम भएनन् ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पले सगरमाथा आधारशिविर क्षेत्रमा हिमपहिरो जाँदा १८ जनाको मृत्यु भएपछि यो वर्ष पनि सगरमाथा आरोहण बन्द गरिएको छ । यसअघि अघिल्लो वर्ष पनि खुम्बु ‘आइसफल’ क्षेत्रमा हिमपहिरामा परी १६ जना आरोहण सहयोगी शेर्पाले ज्यान गुमाएपछि सगरमाथा आरोहण बन्द गरिएको थियो । यसै सन्दर्भमा काठमाडौंमा भने शुक्रबार कार्यक्रम गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेको सम्झनामा यो दिवस मनाइएको हो ।
प्रतिक्रिया