चाडैं चुरेभावर लोकतान्त्रिक पार्टी एक हुन्छ : भूमीराज निरौला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७२, शुक्रबार १३:३५

भूमीराज निरौला,केन्द्रिय अध्यक्ष -चुरेभावर लोकतान्त्रिक पार्टी

बैशाख १२ गते गएको भूकम्पपछि धेरै ठाउँहरु असुरक्षित बनेका छन् । भूकम्पबाट धेरैको मृत्यु सगैं धेरै घाईते भएका छन् भने हजारौंको घरबार गुमेको अवस्था छ । यो अवस्थामा देशका राजनितिक दलका पार्टीहरुले जनतालाई केहि नगरेको भन्ने गुनासो आइरहेको अवस्थामा हाम्रा सहकर्मी मनिष दाहालले चुरेभावर लोकतान्त्रिक पार्टीका अध्यक्ष भूमीराज निरौलासँग गर्नुभएको कुराकानी :

१.भूकम्पपीडितका लागी भनेर तपाईको पार्टीले पछिल्लो अवस्थामा के कस्ता कार्यक्रमहरु अगाडी सारेको छ ?
हामी र हाम्रो पार्टी चुरेभावर लोकतान्त्रिक पार्टी सधै राष्ट्र र जनताका लागी सर्मपित हुने पार्टी हो । हामी यो अवस्थामा दलगत स्वार्थ भन्दा एक कदम अगाडी बढेर हामीले राजनितीलाई सेवामा परिणत गरेका छौं । अहिलेको विपत्तिमा हाम्रो पार्टीका सदस्यहरु जहाँ जस्तो अवस्थामा भएपछि भूकम्पपीडितहरुलाई राहत,पुर्नबास देखी पुर्ननिर्माणमा सहयोग गरिरहेका छन् । हाम्रो पाटीले हाल भूकम्पपीडितहरुका लागी एकिकृत बस्ती विकास राख्ने काममा अगाडी सारेको छ । यो अवस्थामा जो यो विपत्तिमा परेका छन् उनीहरुलाई यत्रतत्र पारेर होइन की सबैलाई एकै ठाउँमा राखेर एकिकृत बस्ती विकास गर्ने काममा हाम्रो पार्टी अगाडी बढेको छ र हाम्रा पार्टीका सदस्यहरु यसै अभियानका साथ गाउँ गाउँमा हुनुहुन्छ जहाँ भूकम्पले निकै क्षती गरेको छ ।

२.भूकम्पगए पछि जसरी सरकारले अहिले काम गरिरहेको त्यो कतिको प्रभावकारी भएको देख्नुभएको छ र कस्तो हुन आवश्यक छ जस्तो लाग्छ ?

हाल जुन अवस्थामा सरकारले काम गर्नु पर्ने हो त्यो हुन सकेको छैंन । सुस्त रुपमा नै हालसम्म सरकारले चालेका कदमहरु रहेको हाम्रो पार्टीले मात्र होइन आम जनताले महशुस गरेको कुरा हो । र सरकारले जनतालाई आश मात्र दखाउने काम गर्नु हुन्न । सरकारले जनतालाई के सम्म र कतिसम्म दिनसक्छ त्यतिको मात्र गर्नुपर्छ । र सरकारको सबै निकायहरुले हाल एकिकृत बस्तीको विकास गरेर सबै नागरिकलाई सुरक्षित हुने बातावरण मिलाउन सक्नुपर्छ । अहिले हेर्ने हो भने सरकार समेत पनि त्रिपालमा अल्झेर बसेको छ अब हामी त्रिपालमा मात्र अल्झेर नबसौं किनकी त्रिपालले बर्षयाम थेग्दैन बरु हामीले जस्तापाताको व्यबस्था मिलाउने काम गर्नु पर्छ र सरकारले त्यसतिर ध्यान दिन आवश्यक पनि छ । अहिले जसरी सरकारले भूकम्पपीडितहरुका लागी काम गरिरहेको छ त्यो निकैनै सुस्त गतिमा छ र त्यो कदम तिव्र गतिमा हुन आवश्यक पनि छ ।

bhumiraj३.भूकम्प आएपछि संविधान लेखन कार्य अन्योलमा प¥यो नी होइन ?
यो अवस्थामा संविधान भन्दा पनि विपत्तिलाई व्यबस्थापन गर्नु मुख्य कुरा थियो तर अब संविधान लेखन कार्यलाई पनि अगाडी बढाउनुपर्छ । विपत्ति भन्दैंमा संविधानसभालाई पनि ओझेलमा पर्न दिनु हुदैंन । विपत्तिको अवस्थामा पनि सारा नेपालीहरुले संविधान खोजिरहेका छन् । त्यसैले अब संविधान लेखन कार्यलाई पनि तदारुकताका साथ अगाडी बढाउनुपर्छ । अब विपत्ति न्यूनिकरण भएपछि सबै दलहरु मिलेर अथवा संविधान सभाभन्दा पनि बाहिर रहेका दलहरुलाई एकठाउँमा ल्याएर संविधान निर्माण गर्नु पर्छ ।

४.अहिले राष्ट्रिय सरकार बनाउन नेपालका मुख्यदलहरु लागी परेका छन् यो अवस्थामा कत्तिको जायज हो ?

तत्काल व्यबस्थापन जरुरी हो र राष्ट्रिय सरकार पनि जुरुरी हो तर अहिले राम्रोसँग व्यबस्थापन गरेपछि मात्र राष्ट्रिय सरकार गठन गर्नु पर्छ । सुरमा भूकम्पपीडिका लागी व्यबस्थापन गरेपछि संविधान लेखनका लागी राष्ट्रिय सरकार अत्यन्त आवश्यक छ ।

५.तपाईको पार्टीले संविधान चाडैं जारी गर्न कस्ता किसिमका दबाबमुलक कार्यक्रमहरु अगाडी सारिरहेको छ ?
हामी जहिले पनि संविधान जारी हुनु पर्छ,जनताले संविधान खोजिरहेका छन् भन्ने पक्षमा नै छौं । हामी लोकतान्त्रीक शक्ति हौं, र हामीले समयमै संविधान जारी गर्नुपर्छ भनेर चुरेभावर लोकतान्त्रिक पार्टीले आवाज उठाइरहेको छ तर केहि दिन अगाडी मात्र गएको भूकम्पले देशमा निकै ठुलो क्षती पुराएका कारण हामी अहिले उदार र राहत वितरण सगैं पुर्ननिर्माणको काममा अगाडी बढेका छौं । तर विपत्तिको समाधान हुन साथ हामी पुन संविधान लेख्न सबै दलहरुलाई घचघच्याउने छौं र विभिन्न दबाब मुलक कार्यक्रमहरु अगाडी सार्ने छौं ।

६.अहिले तपाईको पार्टी भित्र विवादले निकै ठुलो रुप लिएको छ भन्ने खबर बाहिर आएको छ नी हो ?

हाम्रो चुरेभावर लोकतान्त्रिक पार्टीको तत्कालिन चुवानमा केहि दलाल केहि तस्करहरुले हाम्रा केहि साथीहरुलाई बकाउमा पारेर चार टुक्रा बनाएर चुवानमा सक्रिय भए र चुनावपछि भोटको अवस्थामा चाहि संविधानसभामा प्रतिनिधित्व गर्न केहि भ्रष्टहरुको चलखेलले हाम्रो प्रतिनिधित्व भएन । चुरेभावर लोकतान्त्रिक पार्टी चार टुक्रा भएपनि हाल दुईवटा पार्टीमा आएर मर्ज भएको छ र सुदर्शन चिन्ह भएको पार्टीका सदस्यहरु पनि करिब ७५ प्रतिशत चुरेभावर लोकतान्त्रिक पार्टीमा आइसकेका छन् र हामीले सम्पुर्ण सदस्यहरुलाई एक ठाउँमा ल्याउने गरि प्रयास र छलफल सुरु गरिरहेका छौं । अब चाडैं तपाईहरुले चुरेभावर लोकतान्त्रिक पार्टी एक भएको हेर्न पाउनुहुनेछ ।

७. अबका दिनमा तपाईको पार्टीले कस्ता योजनहरु अगाडी सारेको छ र कसरी अगाडी बढाउने सोचमा हुनुहुन्छ ?

पहिलो चाहि अहिले विपत्तिमा परेका व्यक्तिहरुलाई एकिकृत बस्ती विकासका लागी राज्यसँग सहकार्य गरेर अथवा नागरिक समाजसँग एकसाथ मिलेर हामी अगाडी बढ्छौं र हामी संविधान लेखन समयमै जारी होस् भनेर सबै राजनितिक दलका नेताहरु र सरकारलाई दबाब दिने काम गर्ने छौं ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१