इस्लामिक स्टेटद्धारा थिएटरमा २० जनाको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७२, शुक्रबार १३:१४

icoइस्लामिक अतिवादी संगठन ‘इस्लामिक स्टेट’ले सिरियाको ऐतिहासिक सहर पल्माइराको एक पुरानो थिएटरमा २० जनाको हत्या गरेको छ । सिरियाको मानवअधिकार संस्थाका अनुसार ‘आइएस’ले उनीहरुको हत्या गर्नुपूर्व स्थानीय जनतालाई त्यहाँ बोलाएर त्यो आमहत्याको दृष्य हेर्न बाध्य पारेका थिए । उक्त सहर कब्जामा लिएयता एक हप्तामा आइएसले २४० जनाको हत्या गरिसकेको छ । जसमा धेरैजसो सैनिक छन् । साथै आइएसले रोमन युगदेखि बचेका पुराना ऐतिहासिक खन्डहरहरु ध्वस्त गरिदिने हो कि भन्ने आशंका पनि गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१