‘सुशीललाई त पत्याएनन्, मलाई प्रधानमन्त्री देलान्’– देउवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७२, शुक्रबार १२:३७

सिन्धुली, १५ जेठ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुृर देउवाले भूकम्पबाट सिर्जना भएको विपत्तीको सामना गर्न राष्ट्रिय सहमतिको सरकारको आवश्यक रहेको बताउनु भएको छ । भूकम्प प्रभावित क्षेत्रको अनुगमनका क्रममा सिन्धुली पुग्नुभएका नेता देउवाले यस्तो बताउनुभएको हो । राष्ट्रिय सहमतिको सरकारको नेतृत्व तपाईं आफैले गर्ने हो ? भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, ‘सुशील कोइरालालाई त पत्याएनन्, मलाई के पत्याउलान् ?’

sher_Bahadur_Deuba-copy_20130120082432उहाँले भूकम्पका कारण संविधान निर्माण प्रकृया नरोकिने बताउनुभो । ‘संविधान निर्माण प्रकृया रोकिएको छैन, एक-दुई महिना ढिलो भने हुन सक्छ,’ देउवाले भन्नुभयो । सिन्धुली जिल्लाका सबै ठाँउमा ढिलै भएपनि राहत पुगेको पाएको र भूकम्प पीडितका लागि अब टहरा मात्र बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेता देउवाले भन्नुभयो, ‘राष्ट्रिय नीति आएपछि मात्रै बलियो घर बनाउने हो । अब बन्ने घर यो भन्दा ठूलो भूकम्प आउँदा पनि नभत्किने हुनुपर्छ ।’ भूकम्पले पार्टीको अधिवेशन नरोकिने पनि उहाँले बताउनुभयो । ‘अधिवेशन गर्न गाँउमा एक दिन लाग्ने हो, जिल्लामा एक दिन लाग्ने हो,’ उहाँले भन्नुभयो, ‘तोकिएकै मितिमा अधिवेशन हुन्छ, एक दिन पनि सर्दैन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१