काठमाडौं,१५ जेठ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अस्ट्रेलियाका सबैभन्दा धनी १ सय व्यक्तिभित्र पर्न सफल भएका छन् । गत वर्ष १५० औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ९९ औँ नम्बरमा उक्लिन सफल भएका हुन् । अघिल्लो बर्ष १५१ औं नम्बरमा रहेकी उनकी पत्नी जमुना यो बर्ष १०० स्थानमा उक्लेकी छिन् । घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित रुपमा ९९ औँ स्थानमा परेका हुन् । ५५ वर्षका शेष घले ५१ वर्षकी श्रीमती जमुना गुरुङले अष्ट्रेलियाको शिक्षा क्षेत्रबाट यो सम्पत्ती तयार पारेका हुन् । गुरुङ्ग दम्पत्तीको एक बच्चा छ । बिजनेश विक्ली रिभ्यु अनुसार नेपालमा जन्मिएकी जमुना अष्ट्रेलियाका १४ धनी महिलामध्ये एक हुन् । उनी मेलवर्न इन्ष्ट्च्यिुट अफ टेक्नोलोजीको प्रवन्ध निर्देशक हुन् भने यो कम्पनीमा उनको श्रीमानसँग संयुक्त लगानी समेत छ ।
लम्जुङ्गबाट अष्ट्रेलिया पुगेका शेष र जमुनाले यो सम्पत्ती मेलवर्नमा उच्च शिक्षा दिएर सिर्जना गरेका हुन्, घलेले पछिल्लो पटक सात अर्ब रुपैयाँ खर्च गरेर नेपालमै शेराटनसँगको साझेदारीमा पाँचताले काठमाडौं शेराटन होटल खोल्ने तयारी गरिरहेका छन् । शिक्षाको व्यापार गर्ने घले र गुरुङ्ग दुई सय धनीमध्ये बसाईसराई गरेर अष्टे«लिया पुग्ने सबैभन्दा कम उमेरका व्याक्ति समेत हुन् । नेपालमा सम्भावना नभेटेपछि अष्ट्रेलिया पुगेका घले दम्पत्तीले त्यहींको पिआर समेत लिएका छन् । घलेले नेपालमा छ हजार स्क्वायर मिटरको जग्गा किनेका छन्, राजपरिवारको नातेदारबाट किनेको यो जग्गा दरवारको ठीक सामुन्नेमा छ । लामो छलफल र सम्झौतापछि शेराटन होलटसँगको साझेदारीमा पाँच तारे होटल खोल्ने तयारी भैरहेको छ । व्यवसायिक भवन बनाउनुभन्दा होटल खोल्दा स्थानीय रोजगारीको सिर्जना हुन्छ भने, विदेशी मुद्राको आर्जन पनि हुन्छ घलेले भने । यो होटलको अन्तिम मूल्य ११ करोड डलर बराबर हुनेछ, यसले विदेशी लगानी आर्कषित पनि गर्नेछ ।
प्रतिक्रिया