काठमाडौं, १५ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले रोटरी इन्टरनेशनलको सहयोगमा भूकम्प प्रभावि १४ जिल्लाका क्षतिग्रस्त विद्यालय पुननिर्माण गर्ने भएको छ । महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विद्यालय पुननिर्माणमा सहयोग गर्ने जनाएको हो । सम्मेलनमा भूकम्प प्रभावित १४ जिल्लामा पहिलो चरणमा प्रत्येक जिल्लामा १० १० वटाका दरले विद्यालय पुननिर्माण गर्ने जानकारी गराईएको थियो ।
त्यसपछि आवश्यकता र क्षतिको प्रकृति तथा दुर्गम क्षेत्रको पहिचान गरी अन्य विद्यालयको पनि पुननिर्माणमा सहयोग गरिने बताइएको छ । पत्रकार सम्मेलनमा विद्यालय पुननिर्माणका लागि रोटरी इन्टरनेशन र उद्योग वाणिज्य महासंघको सहकार्य रहने गरी सम्झौता पत्रमा पनि हस्ताक्षर भएको छ ।
भूकम्पका कारण देशभरका झण्डै १ हजारसरकारी तथा निजी विद्यालय पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् । संरचना नै ध्वस्त भएपछि वैशाख १२ गते यता भूकम्प प्रभावित जिल्लामा पठन पाठन सुरु हुन सकेको छैन ।
प्रतिक्रिया