जसले गुडियालाई छोरी सम्झन्छन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७२, शुक्रबार १०:५१

मानिसले सन्तानलाई आफ्नो शरीरको अंश मात्र होइन जिन्दगीको सहारा पनि मानेको हुन्छ । तर सबैको भाग्यमा सन्तानसुख लेखिएको हुँदैंन । तर पनि मानिसले आफ्नो झिनो आशालाई जीवन्त बनाउन सान्त्वना दिने केही बहाना भने अवश्य पनि खोज्छ । चीनमा सोङ बो नाम गरेका एक व्यक्तिलाई दुईवर्षअगाडी आफूमा लगातार टाउको दुख्ने समस्याले डिप्रेशनको शिकार बनायो । उनमा यति गहिरो डिप्रेशन देखियो कि उनलाई चिकित्सकले समेत विवाह र कहिल्यै सन्तान प्राप्त गर्न नसक्ने बताए । यसपछि उनी आफ्नो जीवनमा बायोलोजिकल सन्तान प्राप्त गर्न नसक्ने कुरामा ढुक्क भए ।

gudiyaएकदिन जव उनी इन्टरनेट सर्फ गर्दै थिए, ई–कमर्श वेबसाइट टाओबाओमा वास्तविक बच्चा जस्तै देखिने एक गुडिया उनले किने । उनले किनेको गुडिया ४ फिट १० इन्चको थियो, जव उनले अनलाईन किनेको गुडियाको डेलिभरी पाए, उनी तत्काल गुडियासंग प्रेममा परे । साँच्चिकै जस्तै देखिने उक्त गुडियाले सोङ बो को जीवनमा एक नयाँ शुरुवात ल्यायो । उक्त गुडियालाई बो ले आफ्नी छोरी जस्तै व्यवहार गर्न थाले भने जता जाँदा पनि अफूसंगै लिएर जान थाले । उनले आफ्नो गुडिया छोरीको नाम राखे – जिआओ डाई अर्थात सानी पुतली ।
सोङ अहिलेसम्म पनि आफ्नी आमासंगैं बस्छन् तर उनकी आमाले पनि २ हजार २ सय डलर तिरेर किनेको एक गुडियाले परिवारको स्थान बनाएकोमा कुनै आपत्ति प्रकट गरिनन् । डिप्रेशनमा पुगेको आफ्नो छोरालाई गुडियालाई वास्तविक बच्चा जस्तै व्यवहार गर्नु सामान्य नभएको बताउन चाहे पनि आफ्नो छोरामाथि गुडियाको प्रभावले गर्दा उनले पनि छोरालाई समर्थन नै गरिन् । चीनको यस दुखद तर अनौठो कथामा एक मानिस र गुडियाको बाबुछोरीको असामान्य बन्धनले जो कसैको पनि मन छुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१