एन्फाका केन्द्रिय सदस्यलाई फिफाको निर्वाचनमा भाग लिन पठाइने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७२, शुक्रबार १०:४२

अखिल नेपाल फुटवल संघ एन्फाले कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई बञ्चित गराउँदै केन्द्रिय सदस्यलाई फिफाको निर्वाचनमा भाग लिन पठाएको छ । एन्फाको तर्फबाट भोट गर्न केन्द्रिय सदस्य बसन्त अर्याललाई पठाइएको छ । २०५२ सालमा अध्यक्ष भएयता फिफाको निर्वाचनमा भाग लिएका गणेश थापा फुटवल गतिविधिबाट अलग रहेको सन्दर्भमा कार्यवाहक अध्यक्षको साटो केन्द्रिय सदस्यलाई पठाइएको हो ।

newsएन्फा स्रोतका अनुसार, फिफाको मतदानमा पठाइएका अर्याल जिम्मेवारीबाट अलग रहेका थापा निकट मानिन्छन् । निर्वाचन भाग लिन जाँदा फिफा पदाधिकारीसँग सम्वन्ध रहन सक्ने भएकाले कार्यवाहक अध्यक्ष श्रेष्ठको स्थानमा मर्यादा क्रममा तल रहेका केन्द्रिय सदस्यलाई पठाइएको हुन सक्ने बताइन्छ । मतदानका लागि केन्द्रिय सदस् अर्याल जुरिच पुगेका छन् । केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठ र बाँकेका जिल्ला अध्यक्ष भोजराज शाही पनि जुरिच पुगेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१