कुनै समयकी एक सफल अभिनेत्री विपना थापा आजकाल नेपाली चलचित्रक्षेत्रकी एक गुमनाम अभिनेत्रीको सूचिमा पर्छिन । कुनै समय उनी विनाको चलचित्रनै चल्दैंनन् भन्नेहरु विस्तारैं विपना थापाको विकल्प खोज्न थालेपछि भारतका एक राजनितिज्ञसँग बिबाह गरेर उनी भारत लागिन । त्यसपछि उनी सायदै नेपाल फर्किएकी छैनन् । केहि बर्ष अगाडी आफ्नो छोरोको जन्मदिन मनाउन नेपाल आएपछि भने विपना नेपाल फर्किएकी छैंनन । तर नेपाली भएकै कारण होला बैशाख १२ गते गएको भूकम्पपछि नेपालका धेरै व्यक्तिहरु प्रभावित भएका छन् भन्ने खबर सुन्नसाथ विपनाको मनले पनि मानेन र भूकम्पले विचलित पारेको आफ्नो नेपालका दाजुभाई दिदीबहिनीको घाउमा केहि मलम लगाउन विपना गत मंगलबार राहत सामाग्रीका साथ नेपाल आइन ।
भारतको मथुरास्थित घरबाट दुई ट्रक राहत सामग्रीसहित चार दिन लाएर गोरखपुर, सुनौली, भैरहवा हुँदै मंगलबार राति अबेर नेपाल आएकी उनले वुधबार आफुले ल्याएको सम्पुर्ण राहत कलंकीस्थित स्युचाटारमा वितरण गरिन । बुधबार विपना र उनका श्रीमान् डा.आशुतोष भारद्वाजले काठमाडौँको स्युचाटार क्षेत्रमा राहत बाँढे भने विहिबार विपना सहितको टोली काभ्रेको नाल्दुमका तीनवटा वडामा पुगेर राहत वितरण गर्ने जानकारी छ । बर्षौपछि आफ्नो माइती सम्झेर नेपाल आएकोमा केहि खुसी देखिएकी विपनाको मुहार बढि निराशापन मात्र देखिन्थ्यो । कुनै समय आफुले अभिनय गरेको चलचित्र हेरेर माया गर्ने नेपालीहरु विपत्तिमा पर्दा उनको सहभागीताले विपनाले अझै पनि नेपाल सम्झिरहेको हेक्का लगाउन सकिन्छ । उनले राहत वितरण गर्दै भनिन् -‘शारदादेवी फाउन्डेसन मार्फत भूकम्प पिडितका लागी एकहजार थान ब्ल्यांकेट, तिन सय थान डस्ना, चार हजार के.जी. चामल, दुई हजार के.जी. नुन, पाच सय के.जी. दाल लगायतका सामाग्री संकलन गरि ल्याएकी हुन् ।’ उनले भनिन्, ‘शहरको हालत त यस्तो छ अझ गाउँको हालत झन् कस्तो होला ?’ उनले भावुक मुद्धामा भनिन् -‘मेरा नेपाली दाजुभाईहरुलाई मायाको पोको बाढ्न नेपाल आएको हुँ र सबैलाई यति भन्न चाहान्छु धर्य गर्नुहोस् सबै ठिक हुन्छ ।’ २०६३ सालमा भारतका कांग्रेस नेता डा.आशुतोष भारद्वाजसँग बिहे गरेपछि नेपाली चलचित्रक्षेत्रबाट टाढा रहेकी उनले करिब १०० भन्दा बढि नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । उनका ‘गरिब’, ‘संगम’, ‘सहिदगेट’, ‘मुस्कान’ लगायतका चलचित्रहरु चर्चित छन् ।
प्रतिक्रिया