अमेरिकामा शान्ति पदयात्रा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७२, शुक्रबार १०:३५

अमेरिका,१५ जेठ । गत वैशाख १२ गते अाएको महाभूकम्पले पुर्‍याएको क्षतिको पुन:निर्माण र पीडितलाई सहयाेग गर्न अमेरिकामा ” पीस वाक २०१५ ” (शान्ति पदयात्रा) को अायोजना गरिएको छ । गत मे २४ तारिक गरिएको उक्त शान्ति पदयात्रा नेपालको लुम्बिनी-कपिलवस्तुमा जन्मेका शान्तिका दूत भगवान गौतम बुद्धको २५५९ औं जन्मोस्तवको अवसर पारि आयोजना गरिएको हो । पदयात्रामा गत महिना नेपालमा गत महिना गएको महाविनाशकारी भूकम्पबाट पिडितहरूको लागि सहयोग एवं नेपालको पुनर्निर्माणको लागि केन्द्रित भयको थियो ।
कार्यक्रमको अायाेजना लुम्बिनी-कपिलवस्तु शान्ति अभियानले गरेको हो । अभियानले नेपाललाई परेको पीडामा सहयाेग गर्न सम्पूर्ण नेपालीहरु तथा संघ संथाहरुमा आर्थिंक संकलन गरी टेवा पुर्‍याउन अनुरोध गरेको थियो ।
padका‍‍र्यक्रममा बे एरिया नेपाली समाजको उल्लेखनीय उपस्थिति रहेको थियो भने चिसो मौसमको बावजुदपनि उपस्थित सबैले हातमा ब्यानर बोकेर नेपालमा गएको भुकम्पको तस्बिरहरु, अभिलेख र ‘हामि पुन निर्माण गर्ने छौँ ‘ भन्ने नारा लगाउँदै राहत संकलन समेत गरेका थिए ।
बर्क्लीस्थित मार्टिन लुथर जुनियर सिभिक सेन्टर पार्कबाट निस्किएको शान्ति पद्यात्राले बुद्ध स्तुपा परिक्रमा गरि बर्क्ली डाउन टाउन हुँदै यु सी बर्क्ली बिश्वबिद्यालय, युनिभर्सिटी अभेनिउ हुँदै सकिएको थियो । करिब डेढ घण्टा लामो शान्ति पदयात्रामा बे एरिया नेपाली समाजको उल्लेखनीय उपस्थिति रहेको थियो । ‘ भूकम्पमा परि ज्यान गुमाउँनेहरुको सम्झनामा धुप दिप र मैनबत्ति बालेर कार्यक्रमको समापन गरिएको थियो ।
उक्त पदयात्रा कार्यक्रमपछि औपचारिक कार्यक्रम समेत राखेको हुनाले बिभीन्न बक्ताहरुले आफ्नो विचार राखेका थिए । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष डा‍. किशोर शेरचनले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा नेपालका पुर्वगृह राज्य मन्त्रि देबेन्द्रराज कडेलको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१