नयाँ संविधान निर्माणसँगै पुनःनिर्माण– राष्ट्रपति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७२, शुक्रबार १०:२७

काठमाडौं,१५ जेठ । आठौँ गणतन्त्र दिवसको पूर्व सन्ध्यामा बिहिबार शीतलनिवासमा देशवासीका नाममा सन्देश दिँदै राष्ट्रपति डा यादवले भूकम्पपछि स्वःस्फूर्त सिर्जना भएको राष्ट्रिय एकता र सद्भावबाट प्राप्त ऊर्जालाई नयाँ संविधान एवम् नव नेपालको निर्माणमा उपयोग गर्न आग्रह गरे ।

rambaran‘भूकम्पले नयाँ चुनौती थपिदिएको छ, प्रश्न उठ्न सक्छ, अब संविधान अथवा भूकम्पले भत्काएका संरचना मध्ये कुन पहिला निर्माण भन्ने तर यसमा हामी कोही पनि द्विविधामा रहनु हुँदैन–नयाँ संविधान र भत्किएका संरचना सँगैअघि बढ्नुपर्छ त्यसमा पनि संविधान निर्माणलाई बढी प्राथमिकता दिदै जानु राम्रो हुन्छ,’ राष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ ।

पहिलो पल्ट भिडियो मार्फत देशवासीका नाममा सन्देश दिँदै राष्ट्रपति डा यादवले राजनीतिक दलहरुले अहिले भूकम्प पीडित जनतालाई राहत पुर्‍याउने सन्दर्भमा देखाएको जस्तो एकता र समझदारी संविधान निर्माणको सवालमा पनि कायम राख्न सक्नुपर्ने बताए ।

भूकम्प र महाभूकम्पहरु नेपाली भूमिका वास्तविकता हुन भन्दै उनले धरतीको यो वास्तविकतालाई बुझेर उसैसँग मिलेर हामीले हाम्रा निर्माण कार्य र बर–व्यवहार गर्न सक्नुपर्ने आफ्नो सन्देशमा उल्लेख गरे । ‘हामीलाई भूकम्पले थिच्ने होइन रहेछ, थिच्ने त हामीले नै बनाएका हाम्रा आफ्नै भौतिक संरचनाले रहेछ’ भन्दै राष्ट्रपति यादवले भोलिका दिनमा भौतिक निर्माण गर्दा बाढी, पहिरो र हुरी बतास जस्ता वातावरणीय पक्षहरुलाई जस्तै भूकम्पलाई पनि ख्यालगरी महत्व दिनुपर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१