काठमाडौं,१५ जेठ । सरकारले भूकम्प पछिको शोकका कारण यसबर्ष गणतन्त्र दिवस मनाएन । भूकम्पले हजारोको ज्यान लिएपछि यसबर्षको गणतन्त्र खल्लो भएको छ । सरकारले मुलुक विपद्मा रहेकाबेला कुनै पनि उत्सब नमाउने निर्णय गरेको हो । आजको गणतन्त्र दिवस पनि सरकारले नमाउने भएको छ । भूकम्पका कारण नेपाली नागरिक र सिगो देश पीडामा रहेकाले उत्सब मनाउने निणर्य गरेको हो । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले देश नै संकटमा रहेका बेला शोकका रुपमा गणतन्त्र दिवस नमाउने निर्णय भएको बताए ।
हरेक बर्ष आजको दिन काठमाण्डुको टुँडीखेलमा विशेष कार्यक्रम गर्ने गरिन्थ्यो । २०६५ सालमा आजकै दिन संविधानसभाको पहिलो बैठकबाट नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सूचीमा राखिएको सम्झनामा दिवस मनाउन थालिएको हो । १० वर्षे माओवादीको सशस्त्र युद्ध र १९ दिने जनआन्दोलको सफलतापछि नै दुईसय ४० वर्षे इतिहास बोकेको राजतन्त्रको अन्त्य भइ नेपालमा गणतन्त्र आएको हो । सरकारले पनि यस अघि नै जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने घोषणा गरिसकेको छ । दिवसका अवसरमा आज सार्वजनिक बिदा भने दिइएको छ ।
प्रतिक्रिया