काठमाडौं, १४ जेठ । राष्ट्रपति डा रामवरण यादवले मुलुकमा प्राकृतिक विपत्तिपछिको अवस्था र गणतन्त्र दिवसका अवसरमा बिहीबार साँझ भिडियो सन्देश दिने भएका छन् । विगतका गणतन्त्र दिवस जेठ १५ मा लिखित वक्तव्यबाट सन्देश दिँदै आएका राष्ट्रपतिले यस पटक भिडियो सन्देश दिन लागेको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । सो सन्देश साँझ ७ बजे शीतल निवासबाट दिइनेछ ।
भूकम्पका कारण भएको क्षतिका बारेमा केही दिनयता राष्ट्रपतिले स्थलगत अवलोकन गर्दै आएका छन् । मुलुकमा प्राकृतिक विपत्ति परेको र सरकारले मितव्ययिता अपनाउने निर्णय गरेकाले दिवसका अवसरमा विगतमा झैँ यस पटक शुक्रबार चियापानलगायत कार्यक्रम हुने छैनन् । रासस
प्रतिक्रिया