एजेनसी । युरोपियन फुटबल संघहरुको छाता संस्था युइएफएले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको नयाँ अध्यक्ष चयनका लागि शुक्रबार हुने भनिएको चुनाव सार्नु पर्ने माग गरेको छ । फिफाको नयाँ अध्यक्ष चयनका लागि शुक्रबार चुनाव हुँदैछ । तर फिफाका सात जना वरिष्ठ अधिकारी भ्रष्टाचार आरोपमा बुधबार पक्राउ परेपछि चुनाव विवादमा परेको छ । फिफाले आफूहरुको आग्रह नमानेर शुक्रबार नै चुनाव गरेमा चुनाव बहिष्कार गर्ने पक्षमा उभिने चेतावनी पनि युइएफएले दिइसकेको छ । भ्रष्टाचारको आरोपमा सात जना उच्च अधिकारी पक्राउ पर्नुले फिफा भित्र भ्रष्टाचार जरा गाडेर रहेको देखिने र यो कुराको टुंगो नलागेसम्म चुनाव गर्न नहुने युइएफएले बताएको छ ।
शुक्रबार हुने भनिएको फिफाको सम्मेलन एउटा नाटकमात्रै भएकाले आफू त्यसको पात्र नबन्ने र चुनाव बहिष्कार गर्ने युइएफएले चेतावनी दिएको छ । आउँदो ६ मिहना भित्र गर्ने गरी फिफाको चुनाव तत्कालका लागि स्थगित गर्नु पर्ने युइएफएको माग छ । फुटबल खेलको संरक्षणका लागि फिफाको नेतृत्वमा परिवर्तन गर्नु पर्ने बेला आएको उसको भनाई छ ।
प्रतिक्रिया