३५ वर्षीया विधवालाई जिउँदै जलाइएको घटना सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार १३:१३

भारत,१४ जेठ । बिहारको सुपौल जिल्लाको एक पञ्चायतको आदेशपछि एक ३५ वर्षीया विधवालाई जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । विधवामाथी आफ्नो नाता पर्ने ससुरासँग अवैध सम्बन्ध राखेको आरोप लगाएर जलाइएको समाचारमा जनाइएको छ । यी दुवैले विवाह गर्न चाहेको थाहा पाएका गाउँलेहरू उनीहरूसँग रिसाएका थिए । उनीहरूले सय भन्दा बढि गाउँलेहरूको अगाडि ती विधवालाई जिउँदै जलाइदिएको थियो । ती विधवा महिलामाथी हुने कुनै पनि घटनाका लागि गाऊँका कुनै पनि मानिस जिम्मेवार हुने छैन भन्दै पत्र लेखिएको थियो ।

refउक्त घटमा बुधबार सुपौलको पिपराको ग्राम लालपुरमा भएको हो । पीडित महिलाको नाम अनिता भएको बताइएको छ । विधवा अनीताका तीन छोरा छन् । गाउँकी एक महिलाका अनुसार गत शणिबार अनीताकी सासूले नाता पर्ने ससुरा घनशी धर्माको साथमा आपत्तिजनक अवस्थामा फेला पारेकी थिइन् ।
घनशीकी पत्नीको ३ वर्ष पहिले नै मृत्यु भएको थियो र उनका पनि तीन सन्तान रहेका छन् । दुवै समातिए पछि पञ्चायतको बैठक बस्यो । दुवै विवाहका लागि मन्जुर थिए तर पञ्चायतले यसको स्वीकृती दिएन । बुधबार पुनः पञ्चायतको बैठक बसेर महिलालाई जिउँदै जलाइदियो ।
सुपौलका एसपी पंकज राजका अनुसार उनलाई यस घटनाबारे कुनै जानकारी प्राप्त भएको छैन् । यस्तै, सोही क्षेत्रको प्रहरी चौकीका चन्दन कुमारले उक्त हत्याको मुद्धा दर्ता गराउन कोही पनि तयार नभएको बताए । यसै कारण यसलाई आत्महत्या मानेर मुद्धा दर्ता गरिएको उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१