जेडटिइको सस्तो स्मार्टफोन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार १३:०९

चिनको मोबाइल निर्माता कम्पनी जेडटिइले नयाँ स्मार्टफोन ‘जेडटिइ क्यू ५१९ टि’ सार्वजनिक गरेको छ। यो स्मार्टफोनको ब्याट्री ४००० एमएएचको रहेको छ जसले ३५ दिन स्ट्यान्डबाइ टाइम दिने कम्पनीले दाबी गरेको छ। यो स्मार्टसफोन निलो, सुनौलो र सेतो रंगमा उपलब्ध छ जसको मूल्य ९५ डलर पर्ने बताइएको छ।

smartदुईवटा सिम राख्न मिल्ने जेडटिइ क्यू ५१९ टिमा ५ इन्चको एचडि डिस्प्ले स्क्रिन छ जसले ७२०×१२८० पीक्सेल रिजोलुशनको गुण्स्तर दिन्छ । यो सस्तो स्मार्टफोनले एन्ड्रोइड ललिपप अपरेटिङ सिस्टमममा काम गर्छ।

यसमा १ जीएचजेड क्वाडकोर मीडियाटेक एमटि ६७३५ प्रोसेसर रहेको छ। यसको र्याम १ जीबी र इन्टरनल मेमोरी ८ जीबी हुने र यसलाई मेमोरी कार्ड मार्फत ३२ जीबीसम्म बढाउन मिल्छ। यसको पछाडि एलईडी फ्ल्यास सहितको ५ मेगापीक्सेलको क्यामरा र अगाडि २ मेगापीक्सेलको क्यामरा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१