फिफाका १४ अधिकारीमाथि छानविन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार १२:११

विश्व फुटबल महासंघ फिफाका ११ पदाधिकारीसहित १४ जनाविरुद्ध आर्थिक अनियमितता, घुसखोरी र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा छानबिन सुरु भएको छ । स्विट्जरल्याण्डको ज्युरीचमा बुधवार पक्राउ गरिएका ७ सहित अरु चार जना फिफा अधिकारी तथा तीन जना मार्केटीङ एजेन्टमाथि अमेरिकामा मुद्दा चलाइएको हो । यसरी मुद्दा चलाइएकामा फिफाका पूर्व एवं वर्तमान उपाध्यक्ष ज्याक वार्नर, जेफ्री वेबलगायत छन् । उनीहरुले पछिल्लो दुई दशकमा कम्तिमा १ सय ५० मिलियन अमेरीकी डलर बराबरको घूस लिएको अमेरिकी अभियोजनकर्ताहरुको दावी छ ।

fifaसन् २०११ देखि जारी छानविनको क्रममा यी १४ जनाले लगातार आर्थिक अनियमितता गरेको, गैरकानूनी रुपले सम्पत्ति आर्जन गरेको तथा घूसखोरीको आधारमा विश्व फुटबलमा महत्वपूर्ण निर्णयहरु गर्ने गरेको भेटिएको अमेरीकी आरोप छ ।
संघीय जाँच ब्युरो एफबीआईले समेत छानविन गरिरहेको यस मुद्दा अहिले अमेरीकी न्याय विभागको मातहतमा न्यूयोर्कको पूर्वी जिल्लामा चलिरहेको छ । अभियोजनकर्ताहरुले पछिल्लो २४ वर्षको अवधिमा फिफा र विश्व फुटबलसँग सरोकार राख्ने ४७ वटा वित्तीय अपराधका प्रमाण आफूसँग भएको दावी गरेका छन् ।
जसमध्ये सन् २०१० मा दक्षिण अफ्रिकालाई विश्वकप आयोजना गर्न दिंदा भएको आर्थिक चलखेल सप्रमाण पेश गरिएको छ ।
दक्षिण अफ्रिकाको पक्षमा भोट हाल्न फिफाका तत्कालिन उपाध्यक्ष ज्याक वार्नरले १० मिलियन अमेरीकी डलर घूस लिएको दावी अमेरीकी वकिलहरुले गरेका छन् । यसैगरी सन् २०१८ मा रुस तथा २०२२ मा कतारलाई विश्वकप फुटबल आयोजना गर्न दिने निर्णय हुँदा समेत ठूलो आर्थिक अनियमितता भएको आशंकामा अमेरीकी निकायहरुले छानबिन गरिरहेका छन् । स्विट्जरल्याण्डमा पक्राउ गरिएका ७ मध्ये ६ जनाले आफूलाई अमेरीका सुपुर्दगी नगर्न निवेदन दिएका छन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१