बैसरीमा पहिरोले बस्ती नै पुरेपछि विस्थापित,पहिरोपीडितलाई राहुपारेमा सारियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार १२:०६

म्याग्दी, १४ जेठ । म्याग्दीको भगवती २ र राम्चे ९ बैसरीमा पहिरोले बस्ती नै पुरेपछि विस्थापित भएकालाई बुधबार पिप्ले– ४ को राहुपारेमा सारिएको छ । राम्चे–९ काफलडाँडाको पहाडबाट गत आइतबार मध्यरातमा खसेको पहिरोले पूरै बस्ती पुरेपछि विस्थापित बनेका भगवतीका १६ र राम्चेका ११ घरपरिवारलाई खोरीया सामुदायिक वनमा पर्ने बेनी जोमसोम सडक छेउको सार्वजनिक जग्गामा बसोबासको व्यवस्था मिलाइएको हो ।

baniपहिरो जानुअघिनै घर छाडेर ज्यान जोगाएका बैसरीका २७ घरधुरी रिसीनचौतारीको धौलागिरि प्राविमा बस्दै आएका थिए । जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीका सभासद्हरु, राजनीतिक दल र स्थानीय सरोकारवालाको पहलमा अस्थायीरुपमा राहुपारेमा बसोबासको व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर चोखालले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी, प्रहरी, सेना, छिमेकी गाउँका युवा र बेनीबाट गएका स्वयम्सेवकले श्रमदान गरेर पहिरोबाट विस्थापितका लागि १८ वटा टहरा बनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङ र राहुघाटको सिभिल ठेकेदार आइभिआरसिएलको डोजरले जग्गा सम्माउन सहयोग गरेका थिए । स्थानीयस्तरमा पाइने बाँस, काठको प्रयोग गरेर विभिन्न दाताले दिएको पाल टाँगेर अस्थायी बसोबास गर्न सकिने टहरा बनाइएको छ । जिल्ला विकास समितिले पाइप र खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयले दुई वटा ट्याङ्की सहयोग गरेर खानेपानी आपूर्तिको व्यवस्था मिलाएका छन् । खानेपानी डिभिजन कार्यालयले शुद्ध खानेपानी प्रयोगका विषयमा जानकारीका साथै पियुस र नुहाउने साबुन सहयोग गरेको छ ।

यसैबीच बैसरीको पहिरोका कारण घरबारविहीन भएकालाई बुधबार पनि विभिन्न क्षेत्रबाट खाद्यान्न, तरकारी लत्ताकपडालगायतका सामग्री सहयोग गरेका छन् । हिस्तान, औल, राम्चे घर भई हाल पोखरामा बसोबास गर्दै आएकाले २७ बोरा चामल र दुई बोरा तरकारी उपलब्ध गराएका छन् । बेनीको मङ्गला आमा समूहले १५ बोरा चामलसहित नुन तेललगायतका सामग्री सहयोग गरेका छन् । गलेश्वर अन्न क्षेत्रले ५५ थान गुन्द्री र अनेरास्ववियुले २० हजार बराबरको कपडा सहयोग गरेको जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१