वीर्य, रङ्ग र त्रास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार ११:२५

मानब जिबनको निरन्तरताको लागि वीर्य निकै महत्वपुर्ण हुने गर्छ । वीर्यको उचित सदुपयोग नहुदाँ मानिस शक्ति पनि क्षीण हुदैँ जान्छ । जस्को महत्व बुझ्न जरुरी छ । पुरुषको यौन उत्तेजनाको निरन्तरता पछि आउने सेतो तरल पदार्थ जसलाई वीर्य भनिन्छ। एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर ९५ मिलिलिटर भन्नाले १चम्चा सम्म वीर्य निस्कन्छ।

biryaवीर्यको रंग सामान्यतः सेतो सेतो हुने भए पनि हल्का पहेँलो वा खरानी रंगको पनि हुनसक्छ। यो क्रिमजस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ। वीर्य स्खलन हुनासाथ यो केही बाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ।रासायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटका साथै पोषण तथा वातावरण सुव्यवस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन्। अण्डकोषमा बनेको शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेको हुन्छ र वीर्यस्खलन हुँदा रसका साथ बाहिर निस्कन्छ।

शरीरभित्रको वातावरणको तापक्रम यसमा सर्ने भएकाले यसको तापक्रम पनि हाम्रो शरीरको जस्तै हुन्छ। वीर्यको रङ्ग हल्का पहेँलो हुनसक्छ, अर्थात् सामान्य अवस्थामा पनि यो पहेँलोपनका कारण कुनै चिन्ता लिनु पर्दैन। उमेर बढ्दै जाँदा पाको उमेरका व्यक्तिको वीर्यमा पनि पहेँलोपन बढ्छ। यी सामान्य कुरा हुन्। त्यसैगरी प्राकृतिक रूपमा खानामा हुने रङ्ग वा वस्तुले तथा औषधीमा हुने रङ्गको प्रभावले पनि वीर्यको रङ्गलाई केही परिवर्तन गर्न सक्छ। वीर्यमा रगत देखिए तुरुन्तै उपचार गर्न चिकित्सकको सल्लाह लिनुपर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१