भूकम्प गएको १ महिना पुगेको अवसरमा ऊँ हस्पिटलद्धारा दिप प्रज्वलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार ११:२२

omकाठमाडौं,१४ जेठ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धेरैको ज्यान गएको छ,धेरैले आफ्ना आफन्त गुमाएका छन भने धेरैको घरबार समेत पनि छैंन । यहि दुखत घडीमा काठमाडौंको मुटुमा रहेको ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टरले भूकम्प गएको १ महिना पुगेको अवसरमा दिप प्रज्वलन गरेको छ । भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको आत्माले चिर शान्ति र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै ऊँ हस्पिटलले प्रज्वलन गरेको हो । दिप प्रज्वलन पश्चात कार्यक्रममा बोल्दैं ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा.भोला रिजालले अचानक परेको संकटले नेपाल र नेपालीको ठुलो क्षति पुर्याएको भन्दै अब यस्तो संकट नेपालले भोग्नु नपरोस भनेर दिप प्रज्वलन गरेको बताउनुभयो । उहाँले मृतकको आत्माले शान्त्ति पाओस भन्दै आगामि दिनहरुमा यस्तो विपत नेपालीहरुले कहिल्यै खेप्नु नपरोस भन्नुभयो ।

सबै मिलेर पिडितहरुको घाउमा मलम लगाउन पनि डाक्टर रिजालले आग्रह गर्नु भयो । ऊँ हस्पिटलले नेपालको नक्सा र ऊँ हस्पिटलको नमुना बनाएर दिप प्रज्वलन गरेको थियो । डाक्टर रिजालले आज जति अध्यारो दिन भयो अब आउने दिनहरु त्यस्तो नहोस उज्यालो दिन तर्फ हामी लाग्न सकियोस भन्दैं नेपालीहरुका आगामि दिनहरु अध्यारोमा परिणत नहोस भन्ने उद्येश्यले दिप प्रज्वलन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१