प्रधानमन्त्री कोइरालाले राजिनामा दिनुपर्छ : रायमाझी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार १०:३२

काठमाडौं, १४ जेठ । एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले भूकम्पबाट भएको क्षतिको पुननिर्माणका लागि राष्ट्रिय सरकार गठन आवश्यक भएको र त्यसका लागि प्रधानमन्त्री सुशील कोइरालाले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको छ । एमाओवादी नेता रायमाझीले राष्ट्रिय सरकार गठनका विषयमा प्रमुख दलबीच भित्रभित्रै अनौपचारिक सहमति भैसकेको दाबी गर्दै प्रधानमन्त्रीले राजिनामा दिएर राष्ट्रिय सरकार गठनका लागि सहज वातावरण बनाइदिनुपर्ने बताउनुभयो ।

top_bdr_rayamajhiउहाँले कुन दल र कुन नेताको विषयमा राष्ट्रिय सरकार गठन गर्ने भन्ने विषय गौण भएको भन्दै प्रधानमन्त्रीले राजिनामा दिए नेतृत्वका विषयमा छलफल गर्न सजिलो हुने बताउनुभयो । एमाओवादी नेता रायमाझीले भूकम्पले पुर्‍याएको क्षतिको पुननिर्माणका लागि सबै राजनीतिक दललाई एक ठाउँमा ल्याउन राष्ट्रिय सरकारको गठन अनिवार्य भएको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१