निजी विद्यालयले शुल्क लिएरै छाड्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार १०:२१

काठमाडौं,१४ जेठ । विभिन्न विद्यार्थी संगठन र अभिभावकले भुकम्पपछि पढाई नभएको बेलाको शुल्क लिन नपाउने माग गरिरहेका बेला निजी विद्यालयले भने शुल्क लिएरै छाड्ने बताएका छन् । प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले विद्यार्थीवाट लिने शुल्कले शिक्षकको तलव दिनुपर्ने, विद्यालयको व्यबस्थापन गर्नुपर्ने भएकाले शुल्क मिनाहा गर्न नसकिने बताउनुभयो । गत बैशाख १२ गते यता विद्यालयमा पढाई नभएको भन्दै विभिन्न विद्यार्थी संगठनले शुल्क नलिन आग्रगर्दै आएका छन् । नेपाल विद्यार्थी संघका नेता युपी लामिछानेले निजी विद्यालयले शैक्षिक जगतमा व्यापारी शैली लाद्न खोजेको दावी गर्नुभयो ।

eduवर्षौदेखिको फाइदा राज्यले नखोजेको भन्दै १ महिनाको शुल्क मिनाहा गर्न नसक्नु भनेको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति रहेको उहाँको भनाई छ । यस्तै अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले प्राकृतिक न्यायको सिद्वान्त विपरित निजी विद्यालय हावी हुन खोजेको बताउनुभयो । अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले नपढाएको शुल्क लिनु सरासर नैतिक रुपमै नमिल्ने बताउनुभयो । निजी विद्यालयले एक महिनाको शुल्क लिन नमिल्ने तर्कसहित विद्यार्थी संगठनले विरोध स्वरुप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१