धानको बिउ नहुँदा किसान चिन्तित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार १०:१७

भक्तपुर, १४ जेठ । बिउको भक्तपुरका किसानलाई खेत बाझो होला भन्ने चिन्ताले सताउन थालेको छ । धान रोप्न जोहो गरेर राखेको धानको बिउ भूकम्पले भत्काएको घरसँगै माटोमा मिलेपछि यसवर्ष यहाँका किसानलाई समस्या भएको छ । जेठ १५ सम्म धानको बिउ लहलह भैसक्ने र खेतहरु खनेर रोपाईंको तयारीमा रहने किसान यसवर्ष भने धानको बिउ समेत नहुँदा रोपाई हुने कि नहुने भनेर अलमलमा परेका छन् ।

dhanभक्तपुर सुर्यमढीका रामकृष्ण प्रजापतीले गएको वर्ष खेतमा धानको बिउ राखेर खेत खनिसक्ने बेला भएपनि यसवर्ष केही गर्न नपाएको बताउनुभयो । रोप्नका लागि तयारी राखेको राम्रो धानको बिउ घरमै पुरिएपछि अहिले खेत बाँझै भएको उहाँले बताउनुभयो । दुई पाथी धानको बिउ घरले पुरेको बताउँदै उहाँले बिउ नहुँदा खेत खन्न समेत नगएको बताउनुभयो । भक्तपुरका किसानले एक रोपनी क्षेत्रफलमा रोप्न एक पाथी धानको बिउ राख्ने गर्दछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१