ह्वाइटहाउस, डनबस्को, नोबल एकेडेमी लगायत नाम चलेका कलेजको लाजमर्दो पारा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार ०६:३८

काठमाडौं,६ जेठ ।  हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज,
काठमाडौँ डनबस्को कलेज,
सान इन्टरनेसनल कलेज,
कान्तिपुर सिटी कलेज,
कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इञ्जिनियरिङ,
नोबल एकेडेमी, पोखरा
निजी क्षेत्रका नाम चलेका कलेजहरु हुन् यी। विद्यार्थीहरु टन्नै हुन्छन्। फि पनि महँगै छ।1609941_776173892407055_4759950212390941685_n

तर हेर्नुस् त बिजोग, यी लगायत २७ कलेजका हजारौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको छ। विद्यार्थीबाट टन्नै शुल्क उठाउने यी कलेजले सम्बन्धन शुल्कवापत् युनिभर्सिटी (पूर्वाञ्चल) लाई भने पैसा तिरेनछन्।
अब युनिभर्सिटी पनि के कम, कलेजले पैसा नतिरेको रिसको झोँक निर्दोष विद्यार्थीहरुमाथि पोखिदिएछ।

जेठ २ गते सूचना निकाल्दै पूर्वाञ्चल युनिभर्सिटीले भनेको छ- बाँकी रहेको रकम चुक्ता नगरेसम्म २७ कलेजका विद्यार्थीहरुको रिजल्ट नै स्थगित गरिदिन्छौँ।
बिजोगको कुरा यतिमा मात्र सीमित हुँदैन। तपाईँले देख्नुभयो होला सूचनामा निमित्त परीक्षा नियन्त्रकको हस्ताक्षर छ। किन ? किनभने परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतलाई अख्तियारले भ्रष्टाचार र अनियमितताको छानबिनका लागि निलम्बन गर्न आदेश दिएको छ।

परीक्षा नियन्त्रकको के कुरा, उपकुलपति डा. महेश्वरमान श्रेष्ठ र रजिष्ट्रार डा. निरोज पाण्डे समेत अख्तियारको आदेशमा निलम्बनमा छन्।

प्रतिक्रिया