भारतको जस्तैं गर्मी नेपालमा पनि,दिपायलको तापक्रम ४३ डिग्री नाघ्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १५:५६

काठमाडौं,१३ जेठ । केहि दिन यता नेपालमा गर्मी ह्वात्तै बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा तापक्रम ३१ डिग्री सेल्सीयस पुगेको छ । महाशाखाका अनुसार नेपालमा सर्वाधिक गर्मी दिपायलमा भएको छ । महाशाखाका अनुसार दिपायलको तापक्रम ४३.२ डिग्री सेल्सीयस पुगेको छ । दिपायलपछि नेपालगञ्जको तापक्रम बढि छ। नेपालगञ्जको तापक्रम ४०.३ डिग्री मापन गरिएको छ ।
यस्तै धनगढीको ३९.९, विरेन्द्रनगरको ३८.६, दाङको ३७.४ पुगेको छ । यसैगरी डडेलधुराको २९.४, पोखराको ३१, भैरहवाको ३७.४, सिमराको ३६.५, ओखलढुंगाको २७.२, धनकुटाको २७.३ र विराटनगरको ३२ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा कम तामकक्रम ताप्लेजुङमा २५.७ मापन गरिएको छ भने जुम्लाको तापक्रम २६.६ पुगेको छ ।
तापक्रम बढेपछि जनजीवनमा असर परेको छ । तराईमा लु लागेको खबर आएका छन् । मानिसहरु स्वीमीङ पुल लगायत चिसो स्थानमा समय विताउन थालेका छन् । गर्मीबाट कुनै अप्रिय घटना घटेको भने छैन ।
dipayalयता गर्मीका कारण भारतमा करिब ११ सय मानिसले ज्यान गुमाइसकेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आन्ध्र प्रदेशमा मात्र ८ सय ५२ मानिसको मृत्यु भएको र अन्य प्रदेशहरूमा २ सय ६६ मानिसले ज्यान गुमाएका छन् । समाचारहरूमा जनाइए अनुसार आन्ध्र प्रदेशमा गत २४ घण्टामा ३ सय १ जनाको मृत्यु भएको छ । देशको राजधानी नयाँ दिल्ली पनि गर्मीका कारण अस्तव्यस्त भएको छ ।
नीजि मौसम पूर्वानुमान एजेन्सी स्काईमेटका अनुसार ओडिशाको अंगुलमा अधिकतम तापमान ४७ डिग्री रहेको छ भने महाराष्ट्रको चन्द्रपुर र वर्धामा ४६.६ र ४६.५ डिग्री सेल्सियस रहेको थियो । यस्तै, दिल्लीमा मंगलबार अधिकतम तापमान ४५ डिग्री सेल्सियस पुगेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१