चरन तथा घाँसे बिउ बृद्धी र्फामको ३६ औँ जन्म उत्सव सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १५:५१

एस.पी.गौरब,

सर्लाही,१३ जेष्ठ । सर्लाहीको लालबन्दी नगरपालीकामा रहेको चरन तथा घाँसे बिउ बृद्धी र्फाम रंजीतपुरले बुधबार आफ्नो ३६ औँ जन्म उत्सव मनाएको छ । बि.सं २०३६ सालमा स्थापना भएको उक्त र्फामले स्थापना कालदेखि हाल सम्म नै आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ । र्फामका प्रमुख विल्टु प्रसाद यादवको सभापतित्वमा भएको उक्त कार्यक्रममा राष्टिय चरण तथा पशु आहार केन्द्रका डाक्टर वंशु शर्माले प्रमुख अतिथ्यता ग्रहण गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी शर्माले आधुनीक पशु पालन तथा प्रक्रिया प्रयोगको आवश्यकता रहेको बताउनु भयो ।

356त्यस्तै कार्यक्रममा जिल्ला पशु सेवा कार्यलय सर्लाहीका प्रमुख कामदेव झाले जिल्ला पशु सेवा कार्यलय सर्लाहीबाट प्रदान गरिएको सेवा सुविधा आगामी दिनमा पनि निरन्तर जारी रहने प्रतिबद्धता वाक्त गर्नू भयो । र्फामले किसानहरुलाई सके सम्मका सेवा सुविद्याहरु पुर्याईरहेको साथै सक्रिय किसानहरुलाई अझै अरु सेवा सुविद्या दिन फार्म तयार रहेको बताउनु भयो । कर्यक्रममा सहभागी किसानहरुलाई र्फामका प्रमुख विल्टु,पशु विकास अधिकृत राजु थापा लगाएतले घाँसको विउ विजन उत्पादन गर्ने तरिका र पशु चौपाएमा लाग्ने रोगहरुको घरायसी उपायहरुको बारेमा समेत जानकारी दिनु भयो । फार्मले आगामी दिनमा अझ सहुलियत मुल्यमा गाई,बाख्रा,भैँसीहरुलाई गर्भाधान गराउनुको साथै पोषण युक्त घाँसको बिउ वितरण गर्ने पशु विकास अधिकृत थापाले बताउनु भयो । कार्यक्रममा लालबन्दी नगरपालीका प्रतिनीधि,विभिन्न राजनैतिक दलका पार्टी प्रतिनीधि लगाएत स्थानीय कृषकहरुको उल्लेख्यमात्रामा सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१