गर्मीका कारण भारतमा करिब ११ सयको मृत्यु,त्रास नेपालमा पनि !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १४:१८

 भारत,१३ जेठ । देशभरमा भएको गर्मीका कारण भारतमा करिब ११ सय मानिसले ज्यान गुमाइसकेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आन्ध्र प्रदेशमा मात्र ८ सय ५२ मानिसको मृत्यु भएको र अन्य प्रदेशहरूमा २ सय ६६ मानिसले ज्यान गुमाएका छन् । समाचारहरूमा जनाइए अनुसार आन्ध्र प्रदेशमा गत २४ घण्टामा ३ सय १ जनाको मृत्यु भएको छ । देशको राजधानी नयाँ दिल्ली पनि गर्मीका कारण अस्तव्यस्त भएको छ । देशका तेलंगाना, महाराष्ट्र, राजस्थान, उत्तर प्रदेश, पंजाब, हरियाणा, मध्य प्रदेश, ओडि‍शा र पश्चिम बंगाल जस्ता प्रदेशको पनि गर्मीका कारण जनजीवन कष्टकर बनेको छ ।

apमंगलबार यी सबै प्रदेशहरूमा अधिकतम तापमान ४५ डिग्री सेल्सियस नजिकै रहेको थियो । नीजि मौसम पूर्वानुमान एजेन्सी स्काईमेटका अनुसार ओडिशाको अंगुलमा अधिकतम तापमान ४७ डिग्री रहेको छ भने महाराष्ट्रको चन्द्रपुर र वर्धामा ४६.६ र ४६.५ डिग्री सेल्सियस रहेको थियो । यस्तै, दिल्लीमा मंगलबार अधिकतम तापमान ४५ डिग्री सेल्सियस पुगेको बताइएको छ । भारतको उत्तरी र दक्षिणी भागमा गर्मीबाट केही राहत पाउन सकिने अनुमान गरिएको छ । यहाँ पानी पर्ने सम्भावनाका कारण यस्तो अनुमान गरिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१