भूकम्पको धक्का महशुस गरेपछि राजधानीमा भागभाग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १३:४२

bukampaकाठमाडौं,१३ जेठ । बैशाखको बिनाशकारी भूकम्पपछिको धक्काहरु अझै रोकिएका छै्नन् । ३३ औं दिनमा पनि ठुलो धक्का आएको छ । सिन्धुपाल्चोकलाई केन्द्रीविन्दु बनाएर दिउसो १ बजेर १५ मिनेटमा ४.५ म्यागनिच्यूटको भूकम्प गएको हो । ठुलो धक्का महशुस गरेपछि राजधानीमा भागभाग मच्चिएको छ । १२ बजेर ३ मिनेटमा पनि दोलखालाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्नीच्यूटको भूकम्प गएको थियो । पराकम्प कम हुदै गएपछि जनजीवन सामान्य हुदै गएको बेला मंगलबार बेलुका र बुधबार दिउसाको भूकम्पले फेरी सर्वसाधरण त्रसित भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१