लुटिए शिक्षक दम्पति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार ०६:३०

गोरखा, ६ जेठ  । लुटेरा समूहको आक्रमणबाट गोरखा जौबारीको परोपकार आदर्श उच्च माविका शिक्षक सुरेन्द्रराज थपलिया गम्भीर घाइते हुनुभएको छ ।
आइतबार राति साढे ८ बजेतिर घरभित्र छिरेको समूहले थपलिया र उहाँकी श्रीमतिलाई कुटपिट गरेर घाइते बनाएको हो ।
उनीहरुले थपलियाको घरबाट १ लाख ३२ हजार रुपैयाँ नगद र १ तोला बराबरको सुनका गहना लुटेर लगेका छन् । थपलिया भतिजीको विहेका लागि आइतबार र गरगहनाको जोहो गरेर घर पुग्नुभएको उहाँका आफन्तले जानकारी दिएका छन् ।
४÷५ जनाको समूह घरभित्र पसेर लाठालगायत हतियारले अन्धाधुन्ध प्रहार गरेको देखिएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र पौडेलले जानकारी दिनुभयो । घटनामा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
लुटपाटपछि समूहले मूल ढोकाको चुकुल लगाएर भागेकाले डेढ घण्टा ढिलो गरेर घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ । कुटपिटपछि बेहोश भएका थपलियाको भरतपुर मेडिकल कलेजमा शल्यक्रियापछि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । उहाँकी श्रीमति कमलाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१