बारा जिल्लाबाट राति आठ बजे एक्लै बस यात्रा गरेर उनी काठमाडौँ आइपुगिन । किन जानु आफ्नो काम नभइ काठमाडौ भनेर बुवा आमाले गाली पनि गर्नु भयो । रक्षा नेपालमा स्वयमसेवकको रुपमा विगत एक बर्ष देखि काम सुरु गरेको पनि परिवारका सदस्यलाइ मन परेको थिएन । सामाजिक हक हितका लागी भन्दै छोरी हिड्दा कतै केहि हुने पो हो कि भन्ने डर बुवा आमालाई थियो । उनी दह्रो मुटु बनाएर बाराबाट स्टार डिलक्स चढेर काठमाडौ आइन । बिहान चार बजे गौशला आइपुगिन र सिधै मितिनि आमाकहाँ ललितपुर लागिन । भोलिपल्ट विहान वकिलकहाँ सरसल्लाहका लागी अनामनगर पुगिन । आइतबार दिनभरि वकिलसंगको सरसल्लाह पछि सोमबार दिउँसो प्रहरी अपराध महाशाखा हनुमान ढोका पुगिन र डिएसपिलाई भेटेर भनिन म सिके राउतलाई मुद्धा हाल्न काठमाडौ आएको…………………………
सिके राउतले पहाडी महिलामाथि अपशब्द बोलेको भन्दै मुद्धा हालेकी सावित्री सुवेदीसंग राष्टिय खबर डटकमले गरेको कुराकानीको बाँकी अंश……….
१.सिके राउत विरुद्ध मुद्धा दायर गर्नु भएछ नी किन ?
सिके राउतले नेपाली महिलाहरुलाई अनैतिक शब्दबाट सामाजिक सञ्जालहरमा अपमान गरेको हुनाले मैले प्रहरी अपराध महाशाखा काठमाडौं हनुमानढोकामा मुद्धा दायर गरेको हुँ ।
२.सिके राउतले जसरी सामाजिक सञ्जालमा पहाडी महिला हरुलाई लक्षित गरेर अपमान गरे ,तपाइ त तराइमा बस्नु हुन्छ नि हैन ?
आखिर म पनि त नारी हुँ । उसले सम्पुर्ण महिलाहरुलाई अपमान गरेको छ त्यो सम्पुर्ण महिलामा म पनि पर्छु , म तराई भन्दा पहिला नेपाल सम्झन्छु र म पनि नेपाली महिला हुँ । त्यसैले मुद्धा हालेको हुँ । म एउटा महिला भएका कारण मैले महिलाको हक अधिकारको विषयमा आवाज उठाउनु पर्छ भनेर मैले सिके राउत विरुद्ध मुद्धा हालेको हुँ ।
४.जसरी तपाईले हनुमान ढोकामा गएर मुद्धा हाल्नु भयो त्यहाँका प्रशासनहरुले के भने ?
मुद्दा दर्ता गर्न जादाँ खेरी मलाई मुद्धा फाँटमै भनियो की सिके राउतले तपाईलाई अपमान गरेके हो भनेर अनि मैले सम्पुर्ण महिलाका लागी भनेको हो त्यसैले मैले मुद्धा हाल्न आएको भने भनेपछि मेरो मुद्धा दर्ता भयो ।
५.सिके राउतलाई कस्तो कारवाही होस् भन्ने चाहानुहुन्छ ?
सिके राउतलाई विद्युतिय कारोबार ऐन २०६३ अनुसारको ५ बर्ष जेल सजाय र १ लाख जरिवान होस् भन्ने चाहान्छु । तर मलाई सिके राउत कारवाहीको दायरामा आउँछ जस्तो लाग्दैन किनकी उसको धेरै ठुलो राजनितिक चलखेल छ तर हामी सिके राउतलाई कारवाहीको दायरमा ल्याएरैं छोड्छौं ।
६.तपाई एक्लैं यो काम गर्न सक्नु हुन्छ ?
कसरी म एक्लैं छु मसँग डेढ करोड नारी छन् म उनीहरुलाई सडकमा उर्तान सक्छु र सिके राउतलाई कारवाहीको दायरा भित्र ल्याउन सक्छौं ।
७. के लाग्छ तपाईलाई सिके राउतलाई कारवाहीका हुन्छ ?
किन नहुनु हामीसँग डेढ करोड नारी छन् उनीहरु सडकमा उत्रिए भने कारवाहीका गर्न सरकार बाध्य हुनुपर्ने छ ।
८. सिके राउतलाई तपाईको केहि चुनौती छ ?
जसरी सिके राउतले महिलाई अपमान गरेको छ,जब सम्म सिके राउतले सम्पुर्ण नेपाली महिलाहरुसंग माफि माग्दैंन तब सम्म हामी चुप लागेर बस्दैंनौं ।
९.तपाई बाराबाट काठमाडौं आउनु भयो । तपाईले सिके राउतको विभिन्न क्रियाकलापहरु न्जिकबाट हेर्दे आउनुभएको छ । सिके राउतले बारा जिल्लामा कस्तो कस्तो काम गरिरहका छन्?
उसले मधेश एक हुनुपर्छ,मधेश हाम्रो हो,अब हामी पहाडीयासँग लड्नु पर्छ भन्ने खालको सामाजिक सद्भावमा खलल पुयाउने खालका विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ ।
१०. अब तपाई सिके राउत विरुद्ध के कस्ता काम कारवाही गर्दै हुनुहुन्छ ?
अब म भोली सर्वोच्च अदालतमा रिट दायर गर्दै छु र केहि दिन भित्रमा नै म देशका कुनाकुनामा पुगेर सम्पुर्ण महिलाहरुलाई एक भएर सिके राउत विरुद्ध आवाज उठाउन आग्रह गर्ने छु ।
प्रतिक्रिया