क्यासिनो अन्नालाई रातो स्टीकर,तारालाई भने पहेँलो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १३:०१

chyasinoकाठमाडौं,१३ जेठ । काठमाडौंको दरबारमार्गमा रहेको क्यासिनो अन्नाले रातो स्टीकर पाएको छ । पर्यटन विभागले गठन गरेको निरीक्षण टोलीले आज क्यासिनो अन्ना रहेको भवनलाई रातो स्टीकर दिएको हो । होटल भने पूर्ण रुपमा सुरक्षित छ । त्यस्तै बौद्धमा रहेको ह्यात होटलमा संचालित क्यासिनो तारालाई भने टोलीले पहेँलो स्टीकर दिएको छ ।

क्यासिनो संचालित भवन आशिंक रुपमा चर्किएपछि टोलीले मर्मतपछि संचालन गर्न अनुमति दिएको सरकारी प्राविधिक पोषनाथ अधिकारीले जानकारी दिए । राजधानीमा संचालित अन्य क्यासिनो रहेको भवन सुरक्षित नै रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१