डब्लूएफपीको चामल गुणस्तरहीन भएको पुष्टि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १२:४६

काभ्रे,१३ जेठ । विश्‍व खाद्य कार्यक्रम (डब्लूएफपी) ले काभ्रेपलाञ्चोकका भूकम्पपीडितलाई वितरण गरेको सात्विक सरजु ब्रान्डको चामल गुणस्तरहीन रहेको स्वीकार गरेको छ। संयुक्त राष्ट्रसंघको ललितपुरस्थित कार्यालयमा सोमबार आयोजित पत्रकारसम्मेलनमा विश्व खाद्य कार्यक्रमका आपत्कालीन संयोजक रिचर्ड रागनले गुणस्तरहीन चामल वितरण भएको परीक्षणबाट पत्ता लागेपछि फिर्ता लिएर गुणस्तरीय चामल वितरण गरिएको बताए। काभ्रेमा गुणस्तरहीन चामल वितरण गरिएको बारेमा राखिएको जिज्ञासामा रागनले भने, ‘हामी गुणस्तरलाई गम्भीर रूपमा लिन्छौं।

chamalवितरण गरिएको चामलका बारेमा प्रतिक्रिया आएपछि हामीले परीक्षण गरायौं। सरकारी मापदण्डभन्दा कमजोर गुणस्तरको पाइएपछि त्यो चामल फिर्ता गरेर राम्रो गुणस्तरको चामल वितरण गरिएको छ।’ कति गुणस्तरहीन चामल फिर्ता लिइएको हो भन्ने अर्को जिज्ञासामा रागनले भने, ‘एक सयदेखि एक सय २० टन चामल रिप्लेस गरिएको छ।’ काभ्रेको महादेवस्थानलगायत विभिन्न स्थानमा वितरण गरिएको चामलका दुईवटा नमुना संकलन गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१