स्नातक तह तेस्रो वर्षको परीक्षा जेठ ३१ गतेबाट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १२:३९

काठमाडौं,१३ जेठ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा जेठ ३१ गतेबाट सञ्चालन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘अब एक दिनमात्र परीक्षा ढिलो भयो भने क्यालेन्डर मिचिने छ,’ परीक्षा नियन्त्रक केशव बास्तोलाले कान्तिपुरसित भने, ‘त्यसैले तत्काल जेठबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेका छौं ।’

eduशिक्षाशास्त्र, व्यवस्थापन, मानविकी, विज्ञान, कानुन संकायमा स्नातक तह तेस्रो वर्षमा करिब साढे दुई लाख परीक्षार्थी छन् । भूकम्पबाट धेरै क्याम्पसहरुको भवन ध्वस्त बनेका छन् । त्रिविले सुरक्षित रहेका क्याम्पस भवनलाई मात्र परीक्षा केन्द्र बनाउन निर्देशन दिएको जनाएको छ । महाभूकम्पका कारण त्रिविले वैशाखबाटै हुनुपर्ने कानुन संकायअन्तर्गत एलएलएम दोस्रो वर्ष, बिएएलएलबी पाँचौं सेमेस्टर र १० महिने काउन्सिलिङ साइकोलोजी विषयको परीक्षा स्थगित गरेको थियो । उक्त परीक्षासमेत तत्काल सुचारु हुनेछ । परीक्षा तालिका मंगलबार सार्वजनिक हुने जनाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१