जीओनीले नयाँ स्मार्टफोन सार्वजनिक गर्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १२:३७

चिनको स्मार्टफोन निर्माता कम्पनी जीओनीले जुन १० मा नयाँ स्मार्टफोन ‘इलाइफ इ ८’ सार्वजनिक गर्ने भएको छ। यो स्मार्टफोनको क्यामरामा कम्पनीले विशेष ध्यान दिएको बताएको छ। इलाइफ इ ८ मा २३ मेगापीक्सेलको क्यामरा हुने जसले फोटोको गुणस्तर भने १०० मेगापीक्सेल बराबरको दिने बताइएको  छ। यतिमात्र नभएर यसको सेल्फी क्यामरा पनि ८ मेगापीक्सेलको छ । यसबाट ३८४०×२१६० पीक्सेल रिजोलुशनको भिडियो पनि खिच्न मिल्नेछ। इलाइफ इ ८ मा  मेटल फ्रेम बटन र पछाडिको क्यामराको लागि पनि शटर बटन हुनेछ। यो फोनमा फिङ्गरप्रिन्ट सेन्सर पनि रहने बताइएको छ।

jnnयो स्मार्टफोनमा ४.६ इन्चको क्वाड एचडि एमोलेड स्क्रिन हुनेछ जसले २५६०×१४४० पीक्सेल रिजोलुशनको गुण्स्तर दिन्छ । यसको प्रोसेसर २ जीएचजेड अक्टाकोर मीडियाटेक एमटि ६७९५ हुने बताइएको छ ।  यसको ¥याम ३ जीबी र इन्टरनल मेमोरी ३२ जीबी हुने र यसलाई मेमोरी कार्ड मार्फत १२८ जीबीसम्म बनाउन मिल्छ। यो स्मार्टफोनले एन्ड्रोइड भर्जन ५.० ललिपप अपरेटिङ सिस्टमममा काम गर्छ।  इलाइफ इ ८ मा शक्तिशाली ३५२० एमएएचको ब्याट्री रहने पनि बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१