NASO ले भुकम्प पीडीतलाई १५० वटा अस्थायी घर बनाई दिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १२:२२

अमेरिका,१३ जेठ । राजधानी वाशिंगटन डिसी यरीयामा सकृय संस्था Nepali American Society for Oppressed Community (NASO)का अध्यक्ष गोपाल बिश्वकर्मा भुकम्प पीडीतलाई १५० वटा अस्थायी घर बनाई दिनको लागी हिजो मंगलबार सांझ अमेरिकाबाट नेपाल प्रस्थान गरे । नासोले ऊठाएको भुकम्प राहतको चन्दारकम २०,०००.०० बिस हजार अमेरिकी डलर बोकेर गोपाल बिश्वकर्मा अमेरिकाबाट नेपाल हिडेका हुन् ।

nasoनेपालमा सहयोग गर्ने संस्था एनडि एफले पठाएको लगत ईस्टिमेट अनुसार काठ, बांस र जस्तापाताको छानाको एऊटा अस्थायी घर बनाऊंदा नेपाली रू आठ हजार खर्च हुने ईस्टिमेट बमोजिम १५० वटा घर बनाएर बिपतमा परेका १५० वटा परिवारहरूलाई घर बितरण गरेर मात्रै अमेरिका फर्कनेगरी गोपाल बिश्वकर्मा नेपाल प्रस्थान गरेका हुन् ।

जनसम्पर्क समिती म्यारिल्याण्डका अध्यक्ष राज सेन्चुरी, अमेरिकी सरकारको फेडरल गभर्नमेन्टका प्रकाश नेपाल, नेता कृष्ण बहादुर चुनारा, नासोका सदस्यहरू र नेपाललाई मांया गर्ने अमेरिकनहरूले वाशिंगटन डिसीको अन्तरािस्ट्रय बिमानस्थल दुल्लास ईन्टरनेशनल एअरपोर्टमा गोपाल बिश्वकर्मालाई फूलमाला पहिर्याएर बिदाई गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१